टाटा मोटर्स र सिप्रदी अटोपार्टसको ‘टाटागुरु भेला’ सम्पन्न


१० पुष २०७५, मंगलवार
1545740824IMG 2212

काठमाडौं, पुस १० । टाटा मोटर्स र सिप्रदी अटोपार्टसको टाटा गुरु प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

1545740824IMG 2212

प्रतियोगितामा इटहरीका इस्राफील अन्सारी पहिलो, वुटवलका अशोक देवकोटा दोस्रो, त्यसैगरी माहाकालीका विनोद राई तेश्रो , वुटवलका राजकुमार गौतम चौथो, धनगढिका चतराज पाण्डे पाँचौ र हेटौडाका गणेश वानिया छँैटौ भएको जनाइएको छ।

पोखरामा आयोजित उक्त कार्यक्रम जनकपुर देखि महेन्द्रनगर र पोखरा सम्म गरी करीब १२० भन्दा बढी टाटा गुरुको उपस्थिति रहेको थियो।‘टाटा गुरु कार्यक्रम’ मेकानिकको हितमा ल्याईएको योजना हो।

‘टाटाका गाडीलाई ‘टाटा नै सही, टाटा गुरुलाई टाटा जेन्युन पार्टस नै सही’ भन्दै टाटा गुरुलाई सिप्रदीअटो पार्टसको पूर्ण सहयोग रहने सिप्रदी अटो पार्टसका माहाप्रवन्धक युवराज वुढाथोकीले वताए । सिप्रदीटाटा गुरुको सहयोगले कुनै पनि टाटा गाडी विग्रीएको अधिकतम ४ घण्टाभित्र बनाइसक्ने आगामी योजना रहेको माहाप्रवन्धक बुढाथोकीको भनाइ छ,।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७