रियल मड्रिडले जित्यो क्लब विश्वकप, रोनाल्डोले बनायाे यस्ताे कीर्तिमान

रियल मड्रिडले जित्यो क्लब विश्वकप,  रोनाल्डोले बनायाे यस्ताे कीर्तिमान
काठमाडाैं : युरोपियन च्याम्पियन रियल मड्रिडले तेस्रोपटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । फिफा क्लब विश्वकप अन्तर्गत शनिबार राति अबुधाबीमा भएको फाइनलमा दक्षिण अमेरिकी क्षेत्रको विजेता ब्राजिलियन क्लब ग्रिमिओलाई १–० ले हराएर रियल मड्रिड लगातार दोस्रो वर्ष क्लब विश्वकपको उपाधि जित्ने पहिलो टिम समेत बने । खेलकाे पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको रियल मड्रिडलाई महत्वपूर्ण उपाधि दिलाउने क्रममा क्रिष्टियानो रोनाल्डोले  ५३ औं गोल गरेर अग्रता दिलाए । उनले फ्रि–किक मार्फत...

दुहवी गोल्डकपको फाइनले आर्मी र मनाङ बिच हुने

दुहवी गोल्डकपको फाइनले आर्मी र मनाङ बिच हुने
बेलबारी : दुहवी रङ्गशालामा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल नेपाल आर्मी र मनाङ मस्र्याङदीबीच हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले अग्नी रुपन्देही ११ रुपन्देहीलाई हराउँदै मनाङसँगको भेट पक्का गरेको हो । त्रिभुवन आर्मी क्लब काठमाण्डौले अग्नी रुपन्देही ११ रुपन्देही लाई ४–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ । यस अघि बुधवार भएको खेलमा मनाङ मस्र्याङ्दीले चर्च ब्वाइजलाई १–० गोल अन्तरले...

मनाङ मर्स्याङदी क्लब फाइनलमा

मनाङ मर्स्याङदी क्लब फाइनलमा
काठमाडौं : मनाङ मर्स्याङदी क्लब दुहवी गोल्डकपको फाइनल प्रवेश गरेको छ । सुनसरीको दुहवी रंगशालामा जारि दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल वुधवार भएको पहिलो सेमीफाइनल खेलमा मनाङ फाइनल प्रवेश गरेको हो । मनाङ चर्च ब्वाइज क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै फाइनलमा प्रवेश गरे । खेलको ३४ औ मिनेटमा मनाङ मस्र्याङ्दीका बिराज महर्जनले दिएको क्रस पासमा अनिल गुरुङले १ गोल गरेको थिए । खेल अन्तिम समयमा सम्म दुबै टिमबाट कुनै गोल हुन...

दुहवी गोल्डकप : मनाङ मस्र्याङ्दी आयोजकलाई हराउँदै सेमिफाइनलमा

दुहवी गोल्डकप : मनाङ मस्र्याङ्दी आयोजकलाई हराउँदै सेमिफाइनलमा
बेलबारी : सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो क्वाटर फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबले आयोजक टिमलाई हराउदै सेमिफाईनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो खेलमा मनाङ मस्र्याङ्दीले ५–२ गोल अन्तरले आयोजक टिम एलेभेन एरोज क्लब दुहवीलाई हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो । खेल सुरु भएको २ मिनेट नपुग्दै मनाङका कप्तान अनिल गुरुङले गोल गरेका थिए । लगतै ६ मिनेटमा नाईजिरियन खेलाडी पोटरिकले अर्को गोल थपे । आयोजक टिम...

दुहवी गोल्डकपको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी

दुहवी गोल्डकपको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी
बेलबारी : सुनसरीको दुहवीमा जारी दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४ को दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आईताबार त्रिभुवन आर्मी क्लब र मोरङ ११ बिच भएको खेलमा निर्धारित समयमा दुवै टिमबाट एक एक गोलको बराबरी भएपछि ट्राईब्रेकरमा ३– १ गोल गरी त्रिभुवन आर्मी विजयी भएको हो । खेल सुरु भएको १३ मिनेटमा मोरङ ११ का जर्सी नं.७ का खेलाडी प्रकाश बुढाथोकीले १ गोल गरेका थिए भने...

दुहवी गोल्डकप सुरु, पहिलो खेलमा चर्च ब्वाइज विजयी

दुहवी गोल्डकप सुरु, पहिलो खेलमा चर्च ब्वाइज विजयी
बेलबारी : सुनसरी स्थित दुहवी नगरपालिका दुहवी गोल्डकप सुरु भएको छ । शनिवार दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले पानसमा दीप प्रज्वलन गरेर गोल्डकपको उघाटन गरे । उद्घाटन समारोहमा एलेभन एरोज क्लबका संस्थापक सदस्य तथा पूर्व खेलाडी बद्रिनारायण चौधरी लाई नगत रु.२५ हजार र सम्मानपत्रद्धारा प्रदान गरेको थियो । प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका क्लबहरु त्रिभुवन आर्मि क्लब काठमाडाैं मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ, रुपनदेही ११ रुपनदेही, रमपम ११ झापा, चर्च ब्वाइज...

दोस्रो मनमोहन दुहवी गोल्डकप मंसिर २३ गतेदेखि हुने

दोस्रो मनमोहन दुहवी गोल्डकप मंसिर २३ गतेदेखि हुने
बेलबारी : सुनसरी स्थित दुहवी न.पा मा एलेभन एरोज क्लबको आयोजनामा दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता २०७४मा हुने भएको छ । शनिवार दुहवीे नगरपालिकाको सभाहलमा प्रत्रकार सम्मेलन गरी आयोजक समितिले मङ्सिर २३ गते देखि प्रतियोगिता सुरु हुने जानकारी दिए । दोस्रो मनमोहन दुहवी गोल्डकप फुटबल प्रतियोगिता पुस १ गते समापन हुने छ । प्रतियोगितामा ७ राष्ट्रिय स्तरका ए डिभिजनका क्लब काठमाडाैंका त्रिभुवन आर्मि क्लब, मनाङ्ग मर्साङ्गडी क्लब काठमाडौँ, रुपनदेही ११...

भ्यालेन्सियाको लिगमा पहिलो हार, बार्सिलोनालाई फाइदा

भ्यालेन्सियाको लिगमा पहिलो हार, बार्सिलोनालाई फाइदा
 एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा यो सिजन शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई फाइदा पुगेको छ र उसले पाँच अंकको अग्रता कायम राख्दैँ फाइदा पुगेको छ ।  पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले यो सिजनमा पहिलो हार गेटाफेसँग बेहोरेको हो । घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा अ्ररामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे...

प्रिमियर नयाँ च्याम्पियन

प्रिमियर नयाँ च्याम्पियन
 काठमाडौं: नयाँ च्याम्पियन प्रिमियर इन्टरनेसनलले पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।  बानेश्वर फुटसलमा भएको फाइनलमा प्रिमियरले द ब्रिटिस स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्‍यो । निर्धारित १६ मिनेटको खेल ३–३ को बराबरी स्थितिमा सकिएको थियो । पहिलो भएको प्रिमियरले २० हजार नगद पुरस्कार प्राप्त गर्‍यो भने ब्रिटिसले १० हजार नगद पुरस्कार पायो । विद्या संस्कार स्कुल खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा प्रिमियरका कविचन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए ।  ब्रिटिसका...

करियरलाई लगातार फेका कप उपाधी

करियरलाई लगातार फेका कप उपाधी
काठमाडौं: करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो पटक च्याम्पियन बनेको छ । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएन ९फेका० को आयोजनामा पेप्सीकोला टाउन प्लानिङ मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन करियरले गोल्डेन बडलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयतर्फ लम्किएको थियो । अत्तिरिक्त समयमा दुवै पक्षबाट गोल सम्भव नभएपछि खेलको निर्णय पेनाल्टी...