महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक

महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक
२०७४-बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयालाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ । बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रूपमा क्याप्टेन ललित गुरुङ (एमभीओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् ।...

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती
धनकुटा, १५ मंसिर :  निर्वाचन आउने बित्तिकै धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री स्वा. सूर्यबहादुर थापाले बनाएको दाबी सहित मत मागिदै आएको छ । तर, ५२ किलोमिटर लामो यो सडक गोर्खा सैनिकहरुको योगदान र बलिदानको कारण बेलायत सरकारले निर्माण गरीदिएको हो । नेपालको पूर्वी पहाडी खण्डको मध्य भागमा पर्ने धनकुटा जिल्लाको दक्षिण र पश्चिमचर्फ चुरे पहाडको भीर र तमोर नदीले निर्माण गरेका...

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल
धरान : ताप्लेजुङको सोबुवा हाम्पाङमा जन्मिएका राजीव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए। पढाइ अब्बल थियो। सँगैका केही साथीभाइ भने ब्रिटिस आर्मीमा भर्ती लागेर जाँदै थिए। उनलाई पनि 'ट्राई' गर्न मन लाग्यो। त्यसपछि बिहान–बेलुकी दौडनु, कसरत गर्नु उनको दिनचर्या बन्यो। पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनोट पार गर्दै उनी पहिलो प्रयासमा नै 'सेन्ट्रल सेलेक्सनु का लागि पोखरा पुगे। यो सन् २००३ को कुरा हो। पोखरा पुगेपछि ब्रिटिस आर्मीमा भर्ती भएर जाने...

बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान

बेलायती विश्वविद्यालयमा पहुँच बढाउँदै गोर्खा सैनिकका सन्तान
काठमाडौं : बेलायती सरकारले सन् २००४ मा अवकाशप्राप्त गोर्खा सैनिकका परिवारलाई आवासीय भिसा दिने घोषणा गरेयता नेपालीहरूको बसाइँसराइले तीव्रता पायो । भूतपूर्व गोर्खा सैनिक तथा मानवशास्त्री डा. चन्द्र लक्सम्बाका अनुसार, त्यो सुविधाले लाहुरेहरुका सन्तानको बेलायती उच्च शिक्षामा पहुँच बढायो । त्यसले अरु नेपालीलाई पनि यसतर्फ आकर्षित गर्‍यो । ‘नेपालमै स्कुल तह पढेको पहिलो पुस्ता उच्च शिक्षामा केही कमजोर देखिए पनि काम गरेर कमाइरहेका छन्,’ लक्सम्बा भन्छन्, ‘दोस्रो पुस्ताका ९० प्रतिशत नानीहरुको...

भूपू गोरखा सैनिकको आन्दोलनमा वाम घोषणपत्रको ऐक्यबद्धता (भिडियोसहित)

भूपू गोरखा सैनिकको आन्दोलनमा वाम घोषणपत्रको ऐक्यबद्धता (भिडियोसहित)
काठमाडौं : भूतपूर्व गोरखा सैनिकहरुले गर्दे आएको समानता र न्यायको आन्दोलन प्रति वाम घोषणा पत्रले पनि ऐक्यबद्धता जनाएको छ । नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी घोषणा पत्रमा भूपू सैनिकहरुको आन्दोलन प्रति समर्थन गरेको हो । मङ्गलवार सार्वजनिक भएको घोषणा पत्रको २३ नं.मा समावेशी विकास अन्तर्गत अन्तिम बुद्धामा भनिएको छ, ‘भूपू सैनिमहरुको हक, हित र सरोकारको विषयमा समुचित ध्यान दिइनेछ । उनीहरूको क्षमता र अनुभवलार्इ...

ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)

ब्रुनाईको ‘सुल्तान पार्क’ सरसफाइमा गोर्खा सैनिक (फोटोफिचर)
बेलायत : ब्रिटिस गोर्खा सैनिकको दोस्रो बटालियनका टु जी आरले सुल्तान पार्क सरसफाइ अभियान चलाएका छन् । गोर्खा सैनिक र स्थानीयहरु मिलेर १४ अक्टोबरमा ब्रुनाईको प्रसिद्ध रमणिय पर्यटकीय स्थल सुल्तान पार्कमा सरसफाइ अभियानको कार्यक्रम गरेका त्यहाँको प्रसिद्ध राष्ट्रिय दैनिक ब्रुनाई बुलेटिनले समाचार प्रकाशित गरेको छ । ब्रुनाईको कुअला बेलायत डिस्ट्रीक अन्तर्गत सेरियामा एक बिलियन ब्यारल तेलको कच्चा पदार्थ निकालिएको अवसरमा स्थापना भएको बिलियन ब्यारेल मनुमेन्ट रहेको प्रसिद्ध पार्क “सुल्तान पार्क”मा सामूहिक...

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’
काठमाडौं :  काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो । मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति...

मानवता नभएको फिरंगीको देश

मानवता नभएको फिरंगीको देश
नेपालका चर्चित लेखक तथा समाजसेवी जगदीश घिमिरेले मदन पुरस्कार प्राप्त आफ्नो पुस्तक अन्तर्मनको यात्रा को एक अंशमा आफ्नो स्वास्थ्योपचारको लागि बेलायत जान बेलायती सरकारले भिसा नदिएको प्रति आक्रोश पोखेका छन् । उनले यसमा बेलायतले उनकै देश बचाइदिने गोरखा र तिनका देशका नागरिकलाई कसरी हेय र विभेद गर्छन् भन्ने उल्लेख गरेका छन् । घिमिरेको स्वास्थ्योपचारकै क्रममा निधन भयो । गोरखाहरूकै बारेमा लेखिएको उनको त्यो पुस्तकांश लेखलाई उनीप्रति श्रद्धाञ्जली स्वरुप शीर्षक हेरफेर...

‘मैले देखेको दोस्रो विश्वयुद्ध’

‘मैले देखेको दोस्रो विश्वयुद्ध’
दोस्रो विश्वयुद्ध लडेका योद्धा खोज्ने हो भने भेटिएलान् कि नाइँ ? खोजी गर्दै लैजाने हो भने भेटिँदा रहेछन् । गोर्खा सैनिक आवाजले दोस्रो विश्वयुद्धका दुई जीवित योद्धा फेलापारेको छ । उनीहरू हुन्– रुद्रबहादुर दुमी राई र लालबहादुर लोहरूङ राई । सुङ्देल, खोटाङ स्थायी घर भई झापाको तोपगाछी झरेका रुद्रबहादुर १०४ वर्ष पुगिसकेका छन् भने संखुवासभानिवासी लालबहादुरले केही समयअघि आफ्ना घरपरिवारका सदस्य, इष्टमित्र, छरछिमेकीबीच नाचगान गरेर एक सयौं जन्मोत्सव मनाए । रुद्रबहादुर...

गोरखा भर्ती : राज्यको फाइदाको खेती 

गोरखा भर्ती : राज्यको फाइदाको खेती 
म आफैँ लाहुरे नभए पनि म ब्रिटिस लाहुरे परिवारकै सदस्य हुँ । मेरो पिताजी पहिलो विश्वयुद्धपछि सन् १९३० मा भर्ती हुनुभएको थियो । मेरा दुई जना काका पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । पछि एक जना काका जापानको युद्धबन्दीमा पर्नुभयो भने अर्को जर्मनीको युद्धबन्दी हुनुपर्यो । मेरो जेठा दाइ र एक जना भाइ र मामा पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । यस मानेमा म आफू लाहुरे नभए पनि लाहुरेहरूको सुखदुःख,...