महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक

महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक
२०७४-बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयालाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ । बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रूपमा क्याप्टेन ललित गुरुङ (एमभीओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् ।...

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती

धरान–धनकुटा सडक : गोर्खा सैनिकहरुको योगदान र बलिदानको प्राप्ती
धनकुटा, १५ मंसिर :  निर्वाचन आउने बित्तिकै धरान–धनकुटा सडक निर्माणको चर्चा हुने गरेको छ । धरान–धनकुटा सडक अर्थात् मदनभण्डारी राजमार्ग तत्कालिन प्रधानमन्त्री स्वा. सूर्यबहादुर थापाले बनाएको दाबी सहित मत मागिदै आएको छ । तर, ५२ किलोमिटर लामो यो सडक गोर्खा सैनिकहरुको योगदान र बलिदानको कारण बेलायत सरकारले निर्माण गरीदिएको हो । नेपालको पूर्वी पहाडी खण्डको मध्य भागमा पर्ने धनकुटा जिल्लाको दक्षिण र पश्चिमचर्फ चुरे पहाडको भीर र तमोर नदीले निर्माण गरेका...

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल

लाहुरे बन्ने धुनमा पढाइ डामाडोल
धरान : ताप्लेजुङको सोबुवा हाम्पाङमा जन्मिएका राजीव सुब्बा एक दशकअघि धरानमा स्नातक पढ्दै थिए। पढाइ अब्बल थियो। सँगैका केही साथीभाइ भने ब्रिटिस आर्मीमा भर्ती लागेर जाँदै थिए। उनलाई पनि 'ट्राई' गर्न मन लाग्यो। त्यसपछि बिहान–बेलुकी दौडनु, कसरत गर्नु उनको दिनचर्या बन्यो। पूर्वी क्षेत्रको गल्ला, इ–यारो छनोट पार गर्दै उनी पहिलो प्रयासमा नै 'सेन्ट्रल सेलेक्सनु का लागि पोखरा पुगे। यो सन् २००३ को कुरा हो। पोखरा पुगेपछि ब्रिटिस आर्मीमा भर्ती भएर जाने...

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’

एनआरएनलाई गेसो सभापतिले सोधे, ‘गोर्खालीको पीडाले तपाईहरुलाई छुँदैन ?’
काठमाडौं :  काठमाडौंमा जारी गैर आवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा गोरखाहरुको मुद्दाले स्थान पाएको छ । सम्मेलनको अन्तिम दिन मंगलबार गोरखा सैनिकहरुको मुद्दाको बिषयमा पनि छलफल भएको हो । मंगलबारको बिषयगत छलफलको ‘सेसन’मा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राईले गोरखाहरुको तर्फबाट आफ्नो प्रस्तुत राखेका हुन् । उनले आफ्नो प्रस्तुती राख्दै गोरखा सैनिकहरुको इतिहास, गोरखा आन्दोलन, आन्दोलनका उपलब्धी, हालका गोरखाहरुको अजेन्डा र मागका बारेमा जानकारी दिएका थिए । सभापति...

परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र

परराष्ट्रमन्त्रीलाई गेसोले बुझायो १४ बूँदे ज्ञापनपत्र
काठमाडौं, २८ फागुन : गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई १४ बूँदे ज्ञापनपत्र बुझाएको छ । गोरखा सैनिकहरुमाथिको विभेद र शोषण अन्त्यको लागि बेलायतसँग कुटनीतिक पहल गरीदिन माग सहित गेसोले ज्ञापनपत्र बुझाएको हो । शनिबार गेसोका सभापति कृष्णकुमार राईको नेतृत्वमा मन्त्री डा.महतको निवाश नै पुगेर ज्ञापनत्र पत्र बुझाएको हो । सभापति राईले ज्ञापनपत्र बुझाउदैं बेलायतले अझै पनि गोरखा सैनिकहरुमाथि विभेद जारी राखेको जानकारी दिदैं कुटनीतिक तहमा वार्ता गरे समधानको...