महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक

महारानीको सुरक्षामा नेपाली गोर्खा सैनिक
२०७४-बेलायतकै इतिहासमा सबभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी हुन् एलिजाबेथ द्वितीया । सन् १९५२ फेब्रुअरी ६ देखि हालसम्म राजगद्दीमा आसिन छिन् उनी । संयुक्त अधिराज्यबाहेक क्यानडा, अस्ट्रेलिया र न्युजिल्यान्डसमेतकी राष्ट्राध्यक्ष एलिजाबेथ द्वितीयालाई बेलायतमा संविधानको संरक्षकका रूपमा लिइन्छ । बेलायती जनता र विश्वमाझ लोकप्रिय यी महारानीका विश्वासिला सैनिक हुन्, गोर्खा । द क्विन्स गोर्खा अर्डर्ली अफिसर्सका रूपमा क्याप्टेन ललित गुरुङ (एमभीओ) र क्याप्टेन गणेश तामाङ यतिखेर बेलायती महारानीको सुरक्षामा खटिएका छन् ।...

‘मैले देखेको दोस्रो विश्वयुद्ध’

‘मैले देखेको दोस्रो विश्वयुद्ध’
दोस्रो विश्वयुद्ध लडेका योद्धा खोज्ने हो भने भेटिएलान् कि नाइँ ? खोजी गर्दै लैजाने हो भने भेटिँदा रहेछन् । गोर्खा सैनिक आवाजले दोस्रो विश्वयुद्धका दुई जीवित योद्धा फेलापारेको छ । उनीहरू हुन्– रुद्रबहादुर दुमी राई र लालबहादुर लोहरूङ राई । सुङ्देल, खोटाङ स्थायी घर भई झापाको तोपगाछी झरेका रुद्रबहादुर १०४ वर्ष पुगिसकेका छन् भने संखुवासभानिवासी लालबहादुरले केही समयअघि आफ्ना घरपरिवारका सदस्य, इष्टमित्र, छरछिमेकीबीच नाचगान गरेर एक सयौं जन्मोत्सव मनाए । रुद्रबहादुर...