यस्ता थिए इतिहासका चुनावी पर्चा

यस्ता थिए इतिहासका चुनावी पर्चा
यसपालिको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धनका नेताले बहुमत ल्याएर बधाई थापिरहेका छन्। मतदातालाई आकर्षित गर्न दल र तिनका नेताले विभिन्न तरिका अपनाए। ठूला दलका नेताले घरघरमा हवाईपत्र पठाउनेदेखि नेता र पार्टीका बयान गरिएका गीत र भिडियो युट्युबमा सार्वजनिक गरियो। अाजकाे अन्नपूर्ण पाेष्टमा गोपाल दाहाल ले लेखेका छन् ।  चुनावी प्रचारमा सामाजिक सञ्जालको सबैभन्दा बढी उपयोग विवेकशील साझा दलले गर्‍यो। पहिले त न युट्युब, फेसबुक थिए, न रेडियो, टेलिभिजन नै। अहिलेका पुस्तालाई जिज्ञासा...

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने 

उपत्यकाको तापक्रम शून्य डिग्रीसम्म पुग्ने 
काठमाडौं : तापक्रम घटेसँगै काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँकोे न्यूनतम तापक्रम २ दशमलब ८ डिग्रीमा झरेको छ । शुक्रबार ३ दशमलब ४ डिग्रीमा पुगेको थियो । तापक्रम घटेकाले उपत्यकामा बढी चिसो महसुस गरिएको छ । चिसोकै कारण आज उपत्यकाका फाँट वरिपरि तुसारो परेको छ । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “जाडो याममा चिसो बढ्नु नौलो कुरो...

पुत्र वियोगपछि प्रचण्ड डेरा सरे, यी हुन् नयाँ घरबेटी

पुत्र वियोगपछि प्रचण्ड डेरा सरे, यी हुन् नयाँ घरबेटी
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाशको वियोगपछि डेरा सरेका छन्। प्रकाशको आकस्मिक निधनपछि विक्षिप्ति रहेकी पत्नी सीता दाहालले लाजिम्पाट छोडेर सर्न पटकपटक आग्रह गरेपछि प्रचण्ड डेरा सरेका हुन्। अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ । लाजिम्पाटबाट नुवाकोट सूर्यगढीमा जन्मिएका र हाल सैलुङकन्टक्सन प्रालिका निर्देशक समेत रहेका शारदाप्रसाद अधिकारीको ललितपुर महानगरपालिका १५...

तराइलाई सितलहरले छोप्यो

तराइलाई सितलहरले छोप्यो
वीरगन्ज : मध्य तराईको पर्सा, बारा र रौतहटमा शनिवार दिनभरीमा एकछिन पनि घाम लागेन्। अघिल्लो दिन मध्यन्न २ बजेपछि एकछिन मात्र घाम झुल्क्यो । शुक्रवारदेखी तराईलाई सितलहरले छप्पकै छोपेको छ। अाजकाे नागरिक दैनिकमा खबर छ ।  यसपाली जाडो अलि ढिलो गरी आएपनि सितलहर भने साबिककै तिथी–मिती समातेर आएको स्थानीयको भनाई छ । धानको कटाई सकिएको छ, खेतबाट खलिहानमा आएको बाली घरमा भित्र्याउन दावँरी (दाई) चलिरहेको हो । ‘हरेक बर्ष करिब यस्तै...

पार्टी पराजयपछि देउवाको यस्तो तयारी

पार्टी पराजयपछि देउवाको यस्तो तयारी
काठमाडौं: कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी महासमिति बैठक बोलाउनेबारे निकटस्थसँग छलफल सुरु गरेका छन्।  संघ र प्रदेशसभा चुनावमा नराम्रोसँग पराजय भोगेको कांग्रेसभित्र नेतृत्व परिवर्तन, महासमिति बैठक, विशेष महाधिवेशनसम्मको माग उठेपछि देउवाले महासमिति बैठक बोलाउनेबारे छलफल गरेका हुन्। देउवानिकट नेता बालकृष्ण खाँणले शुक्रबार अन्नपूर्णसँग कुरा गर्दै सभापति देउवाले महासमिति बैठक बोलाउने तयारी गरिरहेको खुलाए। उनले भने, ‘समानुपातिकको नतिजा आएसँगै सभापति देउवा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र एक महिनाभित्रै महासमिति बैठक डाक्ने बारेमा परामर्शमा...

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे

चर्चित नेता जसले एक हजार कम अन्तरले हारे
काठमाडौं: चर्चित नेता जसले १ हजारभन्दा कम मतले पराजय बेहोरेका छन्। वामदेव ७५३ मतले पराजित एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए । शेखर ६७५ मतले पराजित मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५...

प्रदेश-१ को मुख्यमन्त्री मै हुँ : शेरधन राई

प्रदेश-१ को मुख्यमन्त्री मै हुँ : शेरधन राई
भाेजपुर : भोजपुरबाट प्रदेश सभामा निर्वाचित शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री हुने चर्चा छ । उनीसँग एक्सन राईले गरेकाे कुराकानी अाजकाे नागरिक दैनिकमा छ ।  म भारी मतान्तरमा निर्वाचित भएको छु । मेरो जित र मतपरिणामलाई स्वाभाविक ठानेको छु । मलाई यतिबेला एकातिर गर्वको महसुस भइरहेको छ भने अर्कोतर्फ गहिरो जिम्मेवारीबोध भइरहेको छ । जनताको जुन आशा, विश्वास र भरोसाको मत एकलौटी रूपमा मलाई खसेको छ यसको उच्च सम्मान गर्दै अब...

शेरबहादुर बाल–बाल बचेको त्यो समय

शेरबहादुर बाल–बाल बचेको त्यो समय
डडेलधुरा : नेपालको इतिहासमै पहिलोपटक दलीय प्रतिस्पर्धामा सबैभन्दा प्रतिकूल परिणाम हात पारेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफैँ पनि चुनाव नजिकिँदै जाँदा कति आत्तिएका रहेछन् भन्ने बुझिन्छ, यी दृष्टान्तबाट । सरकारका जासुसी संयन्त्रबाट प्राप्त पराजयको पूर्वसूचनालाई ज्योतिषीहरूको भरमा केहीजस्तो पनि नठानेका उनी अन्तिम–अन्तिम समयमा हारिने खतरा महसुस गर्दै हेलिकोप्टरबाट डडेल्धुरा ओर्लिए । पार्टी सभापति भएका नाताले उनले हेलिकोप्टर प्रयोग गर्न त पाउँथे तर आफ्नै निर्वाचन क्षेत्रमा प्रचारका क्रममा त्यो सुविधा उनीसँग...

५१ उम्मेदवारको जमानत जफत

५१ उम्मेदवारको जमानत जफत
काठमाडौं: वीरगंज सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा ५१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । लोकतान्त्रिक गठबन्धन, मधेसी गठबन्धन र वाम गठबन्धनबाहेक अधिकांश दलका ५१ उम्मेदवारहरूको जमानत जफत भएको हो । प्रतिनीधीसभा सदस्यका लागी ६४ जनाले दिएको उम्मेदवारी भध्ये १३ जनाले मात्र आफनो जमानत जोगाउन सकेका छन् । ५१ जना उम्मेदवारहरुको जमानत जफत भएको छ । जसमा ३१ स्वतन्त्र र २० विभिन्न पार्टीका उम्मेदवारहरु रहेछन् । प्रदेशसभा सदस्यका लागी १ सय...

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत

महोत्तरीमा १८० उम्मेदवारको जमानत जफत
गौशाला : महोत्तरी जिल्लामा मंसिर २१ गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा १८० उम्मेदवारको जमानत जफत भएको छ ।  निर्वाचन अधिकारी पिंकी रायका अनुसार जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका २१३ उम्मेदवारमध्ये १८० जनाको जमानत जफत भएको हो । कूल खसेको सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने कानूनी व्यवस्था बमोजिम जिल्लामा सम्पन्न निर्वाचनमा पूर्व सांसद चन्देश्वर झासहित १८० जनाको जमानत जफत भएको उनले बताए । पूर्व...