मलेसियामा एक नेपालीको मृत्यु

मलेसियामा एक नेपालीको मृत्यु
राजविराज: वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । वैदेशिक रोजगारीका क्रममा मलेसियाको मेमारा रेकाल एसडिआइभी बिएचडी कम्पनीमा कार्यरत चौधरीले मंगलबार राति खाना खाएर सुतेका र बिहान उनलाई साथीहरुले उठाउन जाँदा मृत फेला परेको मृतक चौधरीका भान्जा पर्ने बिटुकुमार मिश्रले जानकारी दिए । दुई वर्ष अगाडि वैदेशिक रोजगारीका क्रममा चौधरी मलेसिया पुगेका...

अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए

अष्ट्रेलियाको सिड्नीमा नेपाली विद्यार्थी मृत भेटिए
अष्ट्रेलिया: मेलवर्नमा एक नेपाली विद्यार्थीको मृत्य भएको एक साता नबित्दै अस्ट्रेलियाको सिड्नीमा अर्का एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।उदयपुरका स्थायी बासिन्दा अन्जन कुमार भट्टराई सिड्नीस्थित आफ्नै डेराभित्र मृत भेटिएका हुन्।उनको मृत्युको कारण भने पुष्टी भइसकेको छैन। चिकित्सकहरूका अनुसार ब्रेनह्यामरेजबाट उनको मृत्यु भएको हुनसक्ने अनुमान छ। आइतबार साँझ साथीभाईसँग भेटघाटपछि अञ्जन असाइन्मेण्ट गर्न डेरामै बसेका थिए करीब १ घण्टापछि काममा गएका साथीहरू फर्किएर आउँदा अञ्जान अचेत अवस्थामा भेटिएका थिए। चिकित्सकहरूले सोमबार बिहान...

एमालेले नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्काउँदै

एमालेले नेतृत्व सम्हाल्न जापानबाट गाउँ फर्काउँदै
टोकियो(जापान):  परिवारलाई उचित व्यवस्था मिलाउन १२ लाखभन्दा बढी रुपैयाँ खर्चेर जापान आएका तीन युवालाई नेकपा (एमाले)ले गाउँ फर्काएको छ । वर्षौंदेखि विदेशमा रहेर पनि गाउँको नेतृत्व सम्हाल्नसक्ने भएका आधारमा जिम्मेवारीसहित एमालेले फर्काएको हो । फिर्ता हुनेमा डा सूर्य पाठक (बाग्लुङ) र राजकुमार पण्डित (नुवाकोट) र पर्वतका महेन्द्र श्रेष्ठ रहेका छन् । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सिफारिश भएपछि पाठक नेपाल फर्किसकेका छन्  भने पण्डित फर्कने तयारीमा छन् । पाठक २००३ र पण्डित...

चीनले उत्तर कोरियाली कपडा कम्पनीहरू बन्द गर्ने

चीनले उत्तर कोरियाली कपडा कम्पनीहरू बन्द गर्ने
काठमाडौं: अमेरिकाले संयुक्त राष्ट्र संघको पहलमा उत्तर कोरियामाथि गरेको नाकाबन्दीमा चीनले सहयोग गर्ने भएको छ। उत्तरको दोस्रो ठूलो राजस्व स्रोतका रूपमा रहेको ‘टेक्सटायल’ ९कपडा० मा रहेको आफ्नो हात चीनले झिक्ने भएको हो। चीनले आगामी जनवरी महिनाभित्र आफ्नो भूभागमा संचालित उत्तर कोरियाली कम्पनीहरु बन्द गरिने बताएको बिबिसीमा उल्लेख छ। उत्तर र चीनका संयुक्त रूपमा सञ्चालित कम्पनीसमेत बन्द गरिने चीनका चीनको वाणिज्य मन्त्रालयले बताएको छ ।धेरै आग्रह र चेतावनीका बावजुद पनि उत्तरले आणविक...

थाई पूर्वप्रधानमन्त्रीलाई पाँच वर्षको जेल सजाय

थाई पूर्वप्रधानमन्त्रीलाई पाँच वर्षको जेल सजाय
बैंकक: (बीबीसी) थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । ‘आपराधिक लापरवाही’मा उनलाई दोषी ठहर गरिएको हो । सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले सजाय सुनाएको हो । चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग उनीविरुद्ध लगाइएको छ, जसको लागत आठ अर्ब डलर थियो ।उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् । सिनावात्रा ग्रामीण...