इटहरीमा ‘हुन्डाइ’ कार बिक्री सुरु

इटहरीमा  ‘हुन्डाइ’ कार बिक्री सुरु
इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार बिक्री कक्षको शुक्रबार शुभारम्भ गरे । हुन्डाइ कारको शुभारम्भकै दिन पाँचवटा कारको बुकिङसमेत भइसकेको छ । लक्ष्मी ‘इन्टरकन्टीनेन्टल’ प्राइभेट लिमिटे्डको नाममा बिक्री कक्ष शुभारम्भ कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी, नेपाल जेसीजका पूर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलाल, हुन्डाइ कारका अधिकृत बिक्रेता...

५५ लाखदेखि १ करोडसम्मका कोरियाली गाडी नेपाली बजारमा

५५ लाखदेखि १ करोडसम्मका कोरियाली गाडी नेपाली बजारमा
काठमाडौँ : दक्षिण कोरियाको अटोमोबिल कम्पनी ‘साङयोङ’ले उत्पादन गरेको चार विभिन्न मोडेलका नयाँ गाडी नेपाली बजारमा आएका छन् । आइएमएस ग्रुप ‘साङयोङ मोटर्स’को नेपालका लागि आधिकारिक वितरकले ती गाडी नेपाली बजारमा बिक्री वितरण सुरु गरेको हो । बुधबार आयोेजित एक कार्यक्रममा साङयोङ शोरुमको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दीपक मलहोत्रा तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्राले गरे । आइएमएस मोटर्सले हाल साङयोङका टिभोली, कोरान्डो, रेक्स्टन तथा एक्टियनजस्ता लक्जरी कार तथा एसयुभीका मोडेल...

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु
काठमाडौँ : मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहितको सामसङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले एक्स्पो उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको...

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना

सिटिभी मोबाइलको दशैं तिहार बम्पर उपहार योजना
काठमाडौंः सिटिभी मोबाइलले आउटलेट (आधिकारीक बिक्रेता)बाट मोबाइल खरिद गर्ने ग्राहकका लागि दशैं तिहार बम्पर उपहारको योजना ल्याइएको छ । ग्राहकहरुले ताम्राकार कम्प्लेक्सको पसल नं ११३, दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, चाबहिलस्थित केएल टावरमा रहेको सिटिभी लिंक इलेक्ट्रोनिक्स र सिटिसीमलमा रहेको द वल्र्डभिजनबाट मोबाइल खरिद गर्नुपर्नेछ । दशैं तिहार बम्पर उपहार सँगै आउटलेटबाट एलजीको एल ६० मोबाइल खरिद गर्दा अर्को एक मोबाइल उपहार स्वरुप प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।...