सगुनले लगानीको अवसर वन्द गर्ने

सगुनले लगानीको अवसर वन्द गर्ने
वासिङ्टन डीसी :  सोसल कमर्स सञ्जाल सगुन (www.sagoon.com)ले हालै खुल्ला गरेको लगानी अवसरलाई नोभेम्वर ३०, २०१७ सम्म मात्र कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ । प्रति शेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ। यस चरणमा सगुनले लगानी गरिने...

सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ चाउचाउकाे उद्योग उद्घाटन

सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ चाउचाउकाे उद्योग उद्घाटन
काठमाडौं : सर्वियाका राष्ट्रपति अलेक्जान्डर भुचिचले चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको उद्घाटन गरेका छन् । सर्वियाका राष्ट्रपति भुचिचले बिहीबार वाइवाई चाउचाउको उद्घाटन गरेको हो । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ‘वाइवाइ युरोप’ को औपचारिक उद्घाटन भएको जानकारी गराको छ । ‘सिजी फुड्स युरोप’ नामबाट सर्वियाको रुमा सहरमा व्यवसायिक रुपमा उत्पादन सुरु गरेको हो । वाई वाईकाे नेपालमा ६ र भारतमा आठ प्लान्ट मार्फत उत्पादन भइरहेको छ ।...

यतीको अत्याधुनिक नयाँ जहाज आइपुग्यो

यतीको अत्याधुनिक नयाँ जहाज आइपुग्यो
काठमाडौं :  यती एअरलाइन्सले संचालनमा ल्याएको ट्विन इञ्जिनसहितको आधुनिक प्रविधियुक्त एटीआर७२–५०० विमानको सेवा थप विस्तारित गर्ने क्रममा एमएसएन (म्यानुफ्याक्चरिङ)  सिरियल नम्बर ७४९ भएको दोश्रो एटीआर विमान त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । एटीआर ७२–५०० फ्रेञ्च–इटालियन कन्सोर्टियम एटीआरद्वारा निर्मित टर्बोप्रप एयरक्राफ्ट हो । उत्कृष्ट निर्माण र कार्यक्षमता प्रदर्शनका कारण एटीआर ७२–५०० विश्व बजारमै सर्वाधिक सफल क्षेत्रीय विमानका रुपमा स्थापित हुँदै गइरहेको यतिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एटीआर ७२–५०० लाई ह्यामिल्टन...

कर नतिरेको भन्दै ‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त

कर नतिरेको भन्दै ‘विप्लव’ माओवादीद्वारा एनसेल टावर ध्वस्त
गोरखा : एनसेलले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गोरखाको अश्राङस्थित ठामडाँडामा रहेको एनसेलको टावर ध्वस्त बनाएका छन् । नेकपा माओवादीका कार्यकर्ताले जेनेरेटरमा पेट्रोलियम पदार्थ छर्केर शनिबार बिहान टावरमा आगो लगाएका हुन् । नेकपा माओवादी गोरखाका इञ्चार्ज कृष्ण वाग्लेले घटनाको जिम्मेवारी लिएका छन् । उनले एनसेलले राज्यलाई तिर्नुपर्ने कर तुरुन्तै तिरोस् भन्न पहिलो चरणको चेतावनी दिएको बताए । पार्टीको केन्द्रीय निर्देशनअनुसार नै टावरमा आगजनी गरिएको उनको भनाइ...

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण
काठमाडौंः गोर्खाज फाइनान्स लिमिटेडले पुतली सडकमा रहेको आफ्नो शाखालाई न्युरोड गेटमा स्थानान्तरण गरी असार १५ गतेबाट संचालनमा ल्याएको छ । शाखाको औपचारीक उद्घाटन फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले एक समारोहकाबीच गरे । उक्त कार्यक्रममा भक्तपुरको दुधपाटीमा रहेको शाखा सूर्यविनायक चोकमा र झापाको धुलाबारीमा रहेको शाखा बिर्तामोडमा यहि महिना भित्र स्थानान्तरण गरी सेवागा्रहीहरुलाई आफ्नो वित्तिय सेवा दिने जानकारी गराइएको थियो । गोर्खाज फाइनान्स लि. गोर्खा डेभलमेन्ट बैंक र काठमाडौं फाइनान्स गाभिएर बनेको संस्था...

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा

न्युजिल्याण्डको क्रिम नेपालको बजारमा
काठमाडौं : न्युजिल्याण्ड बेस रहेर उत्पादन हुँदै आएको पुना व्राण्डको क्रिमले बजार बिस्तारका लागि आक्रामक योजना ल्याएको छ । राजधानीमा नाम चलेका सौन्दर्य व्यवसायीहरु भेला गराई कम्पनीले आफ्नो उत्पादनको बारेमा जानकारी गराएको छ । मेगा बैंकको नायव महाप्रबन्धक रविना देसार, प्रथम मिस नेपाल रुवी राणा, सिटिइभिटिइ परीक्षा वोर्ड सदस्य तथा सौन्दर्य व्यवसायी रुक्सा वैद्य श्रेष्ठ,चलचित्र निर्मात्री पुनम गौतम सहित पचास भन्दा बढी सौन्दर्यकर्मीहरुको माँझमा अन्य व्राण्डका क्रिम भन्दा पुना व्राण्डको क्रिमको...

गोरखा इको प्यानलले पायो आईएसओ

गोरखा इको प्यानलले पायो आईएसओ
काठमाडौं : नेपालमै पहिलो पटक उत्पादित गोरखा इको प्यानलको उत्पादनकर्ता इन्टरनेशल ग्रिन डेभलपर्स नेपाल प्रालिले आईएसओ चिह्न प्राप्त गरेको छ । स्थायी तथा अस्थायी भौतिक संरचनाको भित्री पार्टेसन वाल (गाह्रो) तथा बाहिरी वालमा प्रयोग हुने निर्माण सामग्रीको उत्पादन गरिरहेको इको प्यानलले आईएसओ चिह्न प्राप्त गरेको हो । गोरखा इको प्यानल स्वदेशी प्रिफ्याब्रिकेटेट इको प्यानल हो । यो परम्परागत निर्माण सामग्रीभन्दा हलुका, चाँंडो जडान गर्न मिल्ने, वातावरण मैत्री, थर्मल इन्स्युलेसन, साउन्ड इन्स्युलेसन, वाटर...