विद्युत प्राधिकरणलाई बुढीगण्डकी आयोजना निमार्ण गर्न दिने सरकारको निर्णय

विद्युत प्राधिकरणलाई बुढीगण्डकी आयोजना निमार्ण गर्न दिने सरकारको निर्णय
काठमाडौं :  चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलासययुक्त आयोजना सरकारले स्वदेशी लगानीमा नै निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हाे । मन्त्रिपरिषद बैठकपछि ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाटको बुढीगण्डकी आयोजना स्वदेशी पुँजी मै निर्माण गर्ने निर्णय भएको जानकारी दिए । पत्रकार सम्मेलनमा मन्त्री थापाले बढीगण्डकी आयोजना स्वदेशी लगानी र स्वदेशी प्रविधि प्रयोग गरेर बनाइने...

तामाकोशी जलविद्युतकाे सुरुङ ‘ब्रेक थ्रु’  

तामाकोशी जलविद्युतकाे सुरुङ ‘ब्रेक थ्रु’   
दोलखा : स्वदेशी लगानीमा दोलखामा निमार्ण भइरहेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सुरुङको आज ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाका लागि ८.२ किलोमिटरको मुख्य सुरुङ खन्ने काम सकिएकाले यसलाई ‘ब्रेक थ्रु’ भनिएको हो ।   सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको आयोजनाले ‘ब्रेक थ्रु’ कार्यक्रममा जानकारी दिएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्यायको निर्देशनपछि आज बिहान ८.३० बजे सुरुङमा ब्रेक थ्रु’ भएको हो । असार मसान्तसम्ममा सिभिलको काम सकेर विद्युत्...

सरकारको निर्णय: अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनीकाे म्याद थप

सरकारको निर्णय: अरुण तेस्रो र माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनीकाे म्याद थप
काठमाडौं: लगानी बोर्डले दुई ठूला जलविद्युत् आयोजनामा लगानी जुटाउने समयावधि थप गरेको छ । अरुण तेस्रोको निर्माण गर्न जिम्मा पाएको सतलज र माथिल्लो कर्णाली जीएमआरलाई लगानी जुटाउने म्याद थप गरेको हो । मन्त्रिपरिषदले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेकै दिन लगानी बोर्डले समयमै लगानी जुटाउन नसकेका भारतीय कम्पनीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको हो। बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतमा बसेको बैठकले ठूला परियोजना होल्ड गरिरहेका दुबै...

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय

बुढीगण्डकी निर्माणको जिम्मा चीनलाई दिने सम्झौता खारेज गर्ने सरकारको निर्णय
काठमाडौँ: सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज भएको जानकारी दिए । उपप्रधानमन्त्री थापाले भने, “अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिको निर्देशन बमोजिम सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ ।” कूल एक...

बूढीगण्डकी जलविद्युतको मुआब्जा वितरण

बूढीगण्डकी जलविद्युतको मुआब्जा वितरण
मलेखु: धादिङ बूढीगण्डकी जलविद्युत् आयोजनामा घरजग्गा डुब्ने धादिङका जग्गाधनीलाई मुआब्जा वितरण सुरु गरिएको छ । जिल्लाका खरी, मैदी र सलाङका २३ जग्गाधनीलाई मुआब्जा हस्तान्तरण गरिएको छ । तिनको ३८ कित्ता जग्गाको रु तीन करोड सात लाख ५९ हजार सात सय मुआब्जा रकम राष्ट्रिय वाणिज्य बैंक धादिङबेंसी शाखामा बिहीबार जम्मा गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए । जग्गाधनीले आयोजना विकास समितिका नाममा जग्गा पास गरिदिएपछि उनीहरुलाई रावाबैंकमार्फत रकम भुक्तानी गरिएको ढकालको भनाइ छ...

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त

गोरखा बन्यो विद्युत्भार कटौतीमुक्त
गोरखा: ट्रान्सफर्मरको क्षमता आवश्यकभन्दा कम हुँदा विगत पाँच वर्षदेखि अनियमित विद्युत्भार कटौतीको मार खेप्दै आएका गोरखावासीले प्राविधिक कारणबाहेक अब चौबिसै घन्टा बिजुलीको प्रयोग गर्न पाउने भएका छन् । मागअनुसार विद्युत् वितरण गर्न नसकिएपछि गोरखा सदरमुकामस्थित विद्युत् सबस्टेसनमा महेन्द्रज्योति, नयाँबजार र खोप्लाङमा फिडर बनाएर आलोपालो विद्युत् वितरण गरिँदै आएको थियो । ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गरी सञ्चालनमा ल्याएपछि नयाँ वर्षदेखि नै गोरखा विद्युत्भार कटौतीमुक्त जिल्ला भएको हो । जिल्लाभर केन्द्रीय प्रसारण पुगेका क्षेत्रमा करिब...

‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना

‘हाइड्रो भिलेज’ नारच्याङमा १० जलविद्युत् आयोजना
म्याग्दी : कृषि, पर्यटन र जलविद्युत्मा प्रचुर सम्भावना बोकेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १० वटा जलविद्युत् आयोजना भित्रिएका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने नारच्याङ दर्जनौँ हिमशृङ्खला, मगर समुदायको कला र संस्कृति, नारच्याङ छहरासँगै अन्नपूर्ण प्रथमको आधार शिविर रहेका कारण पर्यटकीय गाविसका रुपमा चिनिँदै आएको यो गाउँमा अब जलविद्युत् आयोजना भित्रिएसँगै ‘हाइड्रो भिलेज’का रुपमा चिनिन थालेको छ । नारच्याङमा विसं २०४३ मा निर्माण सुरु भएर २०४४ सालदेखि जिल्लामै पहिलो पटक विद्युत् वितरण...