अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि किसान निरास

अलैँचीको मूल्य घटेर प्रतिमन २५ हजार पुगेपछि किसान निरास
फुङलिङ (ताप्लेजुङ) : सुजन दाहालले दुई वर्षअघि प्रतिमन रु एक लाख १० हजारमा अलैँची बेचेका छैनन् । अहिले जम्मा रु २४ हजारमा अलैँची बेच्नुपर्दा निकै खिन्न छन्। बजारमा निरन्तर अलैँचीको भाउ घट्दै गएपछि स्थानीय कृषकमा निराशा छाएको छ । आँगनमा अलैँची सुकाउँदै गरेका दाहालले मूल्य स्थिर नभइदिँदा र बजार उपलब्ध नहुँदा समस्या आएको बताए । अलैँचीको मूल्य निरन्तर घटेकाले उनलाई पुख्र्यौली पेशाबाटै विमुख बन्नुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ...

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार
काठमाडौँ: धितोपत्र बजार आज दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार ४६।६२ अंकले बढेको छ । दशैँपछि उच्च बिन्दुले बजार बढेको आज पहिलो पटक हो । दोहोरो अंकले बजार बढ्दा नेप्से परिसूचक एक हजार ५६४ बिन्दुमा पुगेको छ । बजारमा लगानीकर्ता सम्हालिएर लगानी गर्न थालेको तथा राजनीतिकरुपमा पनि निर्वाचनको माहोल बनेकाले विश्वास बढेको विश्लेषण गरिएको छ । यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १०.२१ बिन्दुले उकालो...

अलैँचीको कारोबार ठप्प, किसानलाई खर्च जुटाउन मुस्किल

अलैँचीको कारोबार ठप्प, किसानलाई खर्च जुटाउन मुस्किल
तेह्रथुम, ३० असोज : अलैँचीको कारोबार ठप्प भएपछि चाडबाडका लागि खर्च जुटाउन किसानलाई मुस्किल भएको छ । मूल्यमा निकै कमी आएपछि गत वर्षदेखि नै कारोबार ठप्प पारेका गाउँका व्यापारीले मूल्य अझै घट्न सक्ने भन्दै अलैँची खरिद गर्न चासो देखाएका छैनन् । दशैँ तिहारजस्ता चाडबाडको खर्च धान्न अलैँची बिक्री गर्न चाहने किसानले गाउँबाटै अलैँची बेच्न पाएका छैनन् । गाउँका व्यापारीले बजारमा चलेको भाउमा समेत अलैँची लिन नमानेपछि व्यापारीले भनेकै मूल्यमा बिक्री गर्नुपर्ने...

क्रसर डनका संरक्षणमा सिंहदरबार

क्रसर डनका संरक्षणमा सिंहदरबार
साउन २०७३ मा तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेलाई नवलपरासीको एलडीओ को बनाउने भन्ने ठूलो सकस थियो । चिनेजानेका व्यक्ति, पार्टी नेता÷कार्यकर्ता थरीथरीका नाम टिपाउँथे । ‘आर्थिक प्रलोभन पनि दिन्थे र पार्टीबाट फोन गर्न पनि लगाउथे,’ १४ महिनापछि तत्कालीन मन्त्री पाण्डेले त्यो घटनाको भित्री पाटो खोल्दै भने, ‘नवलपरासी जान/पठाउन खोज्नुुको कारण एक अर्बभन्दा बढी मूल्य पर्ने नदीजन्य पदार्थमा हालीमुहाली गर्ने र ठेक्का हत्याउने खेल पो थियो ।’ ६ महिना स्थानीय विकास...

उकालो लाग्यो शेयर बजार

उकालो लाग्यो शेयर बजार
काठमाडौँ: लगातार ओरालो लागेको धितोपत्र बजार मगंलवार भने झिनो अंकले उकालो लागेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार बजार आज ०.७४ बिन्दुले उकालो लागेको हो । झिनो अंकले सुधार भएर बजार बढ्दा नेप्से परिसूचक एक हजार ५०२ बिन्दुमा पुगेको छ । ठूला कम्पनीका कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.२२ बिन्दुले बढेको छ । आज कुल १५५ कम्पनीको छ लाख ७४ हजार ७८६ कित्ता शेयर रु ३० करोड सत्तरी लाख ६८ हजार ३१९...

इटहरीमा ‘हुन्डाइ’ कार बिक्री सुरु

इटहरीमा  ‘हुन्डाइ’ कार बिक्री सुरु
इटहरीः इटहरी उपमहानगरपालिका क्षेत्रमा ‘हुन्डाइ’को ‘आई २० एक्टिम’ र ‘क्रेटा’ कारको बिक्री सुरु भएको छ । उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष रोहित प्रसाइँले हुन्डाइ कार बिक्री कक्षको शुक्रबार शुभारम्भ गरे । हुन्डाइ कारको शुभारम्भकै दिन पाँचवटा कारको बुकिङसमेत भइसकेको छ । लक्ष्मी ‘इन्टरकन्टीनेन्टल’ प्राइभेट लिमिटे्डको नाममा बिक्री कक्ष शुभारम्भ कार्यक्रममा विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मी, नेपाल जेसीजका पूर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलाल, हुन्डाइ कारका अधिकृत बिक्रेता...

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु

छुटैछुट र सुबिधाको बहारसहित सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु
काठमाडौँ : मुलुककै सर्वाधिक ठुलो सिटिसी मोबाइल बजारमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा आकर्षक छुट र यथेष्ठ सुबिधासहितको सामसङ ग्यालेक्सी जे २ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु भएको छ । असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको शुक्रबार उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले एक्स्पो उद्घाटन गरेका हुन् । मोबाइल एक्स्पोका उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रबिधीको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफु सञ्चार मन्त्री हुँदा ल्याएको...

निर्वाचनको उत्साह सेयर बजारमा

निर्वाचनको उत्साह सेयर बजारमा
काठमाडौं : स्थानीय तहको निर्वाचनलाई धितोपत्र बजारले ‘हरियो झन्डा’ देखाएर स्वागत गरेको छ । निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि तोकेको दिन आज धितोपत्र बजारमा करिब ९३ करोडको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कुल एक सय ४३ कंका १५ लाख ४८ हजार कित्ता सेयर ९२ करोड ९० लाखमा खरिद बिक्री भएका छन् । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मनोनयन दर्ता सुरु भएसँगै बजार उकालो लागेको हो । स्टकको सेयर कारोबार...