एडिबीको १५ अर्ब बढी सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

एडिबीको १५ अर्ब बढी सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं: मन्त्रिपरिषद्को बुधबारको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ । नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । त्यस्तै, दैनिक प्रशासनका काम कारबाही सम्बन्धी केही निर्णय पनि बुधबारको...

गाँउमै पुग्यो गोर्खाज फाइनान्स

गाँउमै पुग्यो गोर्खाज फाइनान्स
काठमाडौं : गोर्खाज फाइनान्सले भोजपुर जिल्लाको टेम्केमैँयुङ गाँउपालिकामा शाखा संचालनमा ल्याएको छ । अधिकांश शहरी क्षेत्रमा मात्र केन्द्रीत रहीआएको नेपालको बैंकिङ सेवा गोर्खाजले भने टेम्केमैँयुङ गाँउपालिको अन्नपूर्णमा शाखा विस्तार गरेको हो । यस अघि फाइनान्सले पाँचथरको मिख्लाजुङ्ग गाउँपालिका पनि शाखा विस्तार गरिसकेको छ । संस्थाका अध्यक्ष महेन्द्रलाल राई, गाँउपालिका अध्यक्ष धु्रवराज राई तथा बरीष्ठ समाज सेवी भिम प्रसाद राईले शुक्रवार एक कार्यक्रमबीच संयुक्तरुपमा शाखा कार्यालयको औपचारीकरुपमा उद्घाटन गरे । फाइनान्सको अध्यक्ष...

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण

गोर्खाज फाइनान्सद्वारा न्यूरोडमा शाखा स्थानान्तरण
काठमाडौंः गोर्खाज फाइनान्स लिमिटेडले पुतली सडकमा रहेको आफ्नो शाखालाई न्युरोड गेटमा स्थानान्तरण गरी असार १५ गतेबाट संचालनमा ल्याएको छ । शाखाको औपचारीक उद्घाटन फाइनान्सका अध्यक्ष महेन्द्रलाल राईले एक समारोहकाबीच गरे । उक्त कार्यक्रममा भक्तपुरको दुधपाटीमा रहेको शाखा सूर्यविनायक चोकमा र झापाको धुलाबारीमा रहेको शाखा बिर्तामोडमा यहि महिना भित्र स्थानान्तरण गरी सेवागा्रहीहरुलाई आफ्नो वित्तिय सेवा दिने जानकारी गराइएको थियो । गोर्खाज फाइनान्स लि. गोर्खा डेभलमेन्ट बैंक र काठमाडौं फाइनान्स गाभिएर बनेको संस्था...

चार महिनापछि उच्च बिन्दुमा सेयर बजार, सर्किट ब्रेक नै लाग्याे

चार महिनापछि उच्च बिन्दुमा सेयर बजार, सर्किट ब्रेक नै लाग्याे
काठमाडाैँ : सेयर बजार अस्वाभाविक रुपमा वृद्धि भएपछि नेपाल स्टक एक्चेन्जले आज सर्किट ब्रेक लगाएको छ ।बजार पाँच प्रतिशतले बढेपछि स्टकले सर्किट ब्रेक लगाएको हो । स्टकका अनुसार बजार ७६.७९ प्रतिशतले बढेको छ । कुल १४४ कम्पनीको २५ लाख ९८ हजार ५५७ कित्ता सेयर रु एक अर्ब ३९ करोड ४० लाख ३५ हजार ४१९ मा खरिद बिक्री भएको छ । लगातार घट्दै आएको बजार करिब चार महिनापछि उच्च बिन्दुमा पुगेको हो...

चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने लक्ष्यका साथ काम हुँदै

चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने लक्ष्यका साथ काम हुँदै
काठमाडौं : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षभित्र आफ्नो चुक्ता पुँजी न्यूनतम आठ अर्ब पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ । बैंकको आइतबार आयोजित सन्ताउन्नौँ साधारणसभामा प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताएका छन् । चालु आवमा बैंकको सञ्चालन परिणाम उत्साहवद्र्धक रहेको जानकारी दिँदै उनले निक्षेप १४.६३ प्रतिशतले वृद्धि भई ८९ अर्ब ४१...

कौडीको भाउमा लिलामी

कौडीको भाउमा लिलामी
काठमाडाैँ : बज्रवाराही नगरपालिकामा रहेको ६० लाख मूल्य पर्ने जग्गा एक फाइनान्स कम्पनीले कौडीको भाउमा लिलामी गरेपछि भोजपुरका सरस्वती राईको परिवार विचल्लीमा परेको छ । राईले धितो मञ्जुरी दिएर भोजपुरकै दर्जकुमार राईले काठमाडौंको मञ्जुश्री फाइनान्स लिमिटेडबाट लिएको ९ लाख २० हजार कर्जा तोकिएको समय (एक वर्ष)मा नतिरेको भन्दै फाइनान्सले लिलामी गरेपछि ऋणी र जग्गाधनी दुबै पीडित बनेका हुन् । प्रचलित मूल्यमा ६० लाख पर्ने जग्गा १ वर्षको व्याज हर्जाना र...

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए

सेयर खरिदको पैसा नै नतिरि माथेमा र बुर्लाकोटीले सिटी हस्पिटल बन्द गराए
काठमाडौ : काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि सम्पन्न हस्पिटलको साधारण सभाले करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री गरेपनि उक्त रकम नतिरेर उल्टै हस्पिटल बन्द गराएका हुन । तत्कालिन अध्यक्ष केदारप्रसाद प्रजापतिले मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरि आठ करोड रुपैयाँमा बैंक, फाइनान्स र सहकारीको ऋण तिर्ने सम्झौता अनुसार माथेमा र बुर्लाकोटीलाई सेयर बिक्री गरेपनि उक्त...