देउवा सरकारले नियुक्त गरेका जो पायो त्यहीबाट सपथ लिन्नौंः ओली

देउवा सरकारले नियुक्त गरेका जो पायो त्यहीबाट सपथ लिन्नौंः ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नलिने चेतावानी दिएका छन् ।  शनिबार रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा उनले काम चलाउ सरकारले प्रदेश प्रमुख नियुक्तिको तयारी गरेको प्रति असन्तुष्टि जनाउँदै यस्तो चेतावानी दिएको हो । प्रदेश प्रमुख नियुक्तिमा देउवा सरकारले कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट शपथ ग्रहण नगर्ने भन्दै...

यी हुन् प्रदेश नं ३ को मुख्यमन्त्रीका आकांक्षी

यी हुन् प्रदेश नं ३ को मुख्यमन्त्रीका आकांक्षी
काठमाडौं: वाम गठबन्धनले प्रदेश नं ३ मा स्पष्ट बहुमत ल्याएपछि प्रदेश सांसदहरु मुख्यमन्त्रीको आकांक्षीका रुपमा देखिएको छ । प्रदेश नं ३ प्रदेशसभामा वाम गठबन्धनले ६६ मध्ये ५७ सिट जीत हासिल गरेपछि मुख्यमन्त्रीका लागि दौडधुप चलेको छ ।  मुख्यमन्त्रीको आकांक्षीमा नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख केशव स्थापितसम्म देखिएको छ । निर्वाचन अगाडि नै मुख्यमन्त्रीको रुपमा प्रस्तुत भएका उनि अहिले निर्वाचनको नतिजा आइसकेपछि आकांक्षीको रुपमा प्रस्तुत भएको छ । मुख्यमन्त्रीको...

ईश्वर पोखरेलले भने-‘सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ’

ईश्वर पोखरेलले भने-‘सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ’
काठमाडौं: नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले र माओवादी केन्द्रवीच सरकार गठन र पार्टी एकता प्रक्रिया सँगसँगै अघि बढ्ने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पोखरेलले भने,‘सरकार गठनको सन्दर्भमा एउटा प्रक्रियाबाट अघि बढ्छ, आफ्नो हैसियत अनुसार दाबी प्रस्तुत गर्छौं, दाबी प्रस्तुत गरिसकेपछि यसमा कुनै समस्या पर्छजस्तो मलाई लाग्दैन्, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्नको लागि पनि बहुमतको सरकार चलाउनुपर्छ, जनताले अहिले त्यही जनमत हामीलाई दिएका...

सभापति देउवाले राजिनामा दिनुपर्छ : प्रकाशमान सिंह

सभापति देउवाले राजिनामा दिनुपर्छ : प्रकाशमान सिंह
काठमाडाैं : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले घुमाउरो पारमा राजिनामा दिनुपर्ने बताएका छन् । नेपाली काँग्रेस, काठमाडौँ क्षेत्र नं १ ले शुक्रबार आनन्द इभेन्टमा आयोजना गरेको ‘भेटघाट तथा धन्यवाद कार्यक्रम’मा नेता सिंहले विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन रहेको बताए । ‘विश्वमा जुन नेताको नेतृत्वमा चुनावमा गयो त्यो पार्टीले हारे राजीनामा दिने चलन छ, नेपालमा पनि त्यो संस्कारको विकास गर्नुपर्छ’, सिंहले...

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो

रुपन्देहीमा समानुपातिकतर्फ काँग्रेस पहिलो
लुम्बिनी : रुपन्देहीमा सम्पन्न समानुपातिकअन्तर्गतको मतगणनाअनुसार नेपाली काँग्रेस प्रथम भएको छ । मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना सार्वजनिक गरिँदा प्रतिनिधिसभाअन्तर्गतको समानुपातिकमा काँग्रेस प्रथम भएको छ भने प्रदेशसभामा एमाले प्रथम भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभामा एक सिट पछाडि रहेको काँग्रेस अन्तिम मतपरिणामअनुसार समानुपातिकमा भने पहिलो बनेको छ । जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमध्ये दुई निर्वाचन क्षेत्रमा जित निकालेको थियो । तीन सिट जितेको नेकपा...

अपजस झेल्दै देउवा: तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’

अपजस झेल्दै देउवा: तर भन्छन्, चुनाव नतिजा ‘अपेक्षित र स्वाभाविक’
काठमाडौं: ‘सर्छ-सर्छ’ भनिएको संघ प्रदेश चुनाव तोकिएकै मितिमा सफलतापूर्वक गराए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई चैन छैन। तत्कालीन पहिलो ठूलो दल कांग्रेसका यी सभापतिलाई चुनावमा पार्टी पराजयको अपजस झेल्नै भ्याइनभ्याई छ। देउवाले हाँकिरहेको कांग्रेसलाई यसपल्ट जनमतले तेस्रो वरीयतामा खुम्च्यायो। निर्वाचनमा ‘अनपेक्षित परिणाम आएकाले’ नैतिकताका आधारमा राजीनामा दिन र विशेष महाधिवेशन बोलाउन उनलाई पार्टीभित्रैबाट तीव्र दबाब परिरहेको छ। तर, देउवा आफैंले भने यो परिणामलाई ‘अपेक्षित र स्वाभाविक’ भनेका छन्। दोस्रो र तेस्रो ठूला पार्टीबीच...

जितेको चुनाव षड्यन्त्र गरेर हराइयो : भगवती चौधरी

जितेको चुनाव षड्यन्त्र गरेर हराइयो : भगवती चौधरी
सुनसरी : सुनसरी क्षेत्र नम्वर ३ की एमाले उमेदवार भगवती चौधरीले आफूले जीतेको चुनाव षडयन्त्र गरेर हराएको दावी गरेकी छिन् । चौधरीले इटहरीमा पत्रकार सम्मेलन गरी जनताले दिएको अभिमतको संरक्षण गर्न राष्ट्रिय अन्तराष्ट्रिय रुपमा कानुनी उपचार खोज्न जाने बताइन् । उनले अहिलेको परिणाम आफू र आफनो पार्टीलाई स्वीकार्य नभएको जिकिर गरिन् । नेता चौधरीले सत्ता, शक्ति र पैसाको आडमा आफूलाई धाधली गरेर हराइएको आरोप लगाउदै निष्पक्ष छानविनका लागि माग गरेकी छिन्...

वाम गठबन्धनको सरकारले अधिनायकवाद तथा एकतन्त्रिय शासन ल्याउँदैन् : माधव नेपाल

वाम गठबन्धनको सरकारले अधिनायकवाद तथा एकतन्त्रिय शासन ल्याउँदैन् : माधव नेपाल
काठमाडौं : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट शक्तिले जनतालाई अधिकार सम्पन्न बनाउन लामो समय संघर्ष गरेको बताउँदै वाम गठबन्धनको सरकार बनेपछि अधिनायकवाद तथा एकतन्त्रिय शासन नआउने प्रष्ट बताएका छन् । काठमाडौँ क्षेत्र नं २ को बज्रयोगिनी, लप्सीफेदी लगायतका स्थानमा स्थानीयसँगको भेटघाटपछि बुधाबार आयोजित कार्यक्रममा उनले यस्तो बताएको हो । जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिका कार्य चाँडो शुरु गरिने बताउँदै उनले पाँच वर्ष भित्रमा आर्थिक सशक्तिकरणका माध्यमबाट सामाजिक...

कांग्रेस सचिव बास्तोलाद्वारा पदबाट राजीनामा

कांग्रेस सचिव बास्तोलाद्वारा पदबाट राजीनामा
तनहुँ: नेपाली कांग्रेस तनहुँका सचिव विश्व वास्तोलालाले पदबाट राजीनामा दिएका छन् । मंसिर २१ गते सम्पन्न प्रतिनिधी र प्रदेश सभा निर्वाचनमा पार्टीले जिल्लामा भोगेको पराजयको नैतिक जिम्मेवारी लिँदै सचिव वास्तोलाले राजीनामा दिएको विज्ञप्ती मार्फत जानकारी गराएका छन् । वास्तोलाले पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्र संस्थागतका लागि सदैव प्रतिबद्ध रहने बताएका थिए ।बास्तोला निर्वाचित सचिव हुन्।...

प्रत्यक्षबाट १६५ मध्ये निर्वाचित हुने ६७ नयाँ अनुहार को हुन् ?

प्रत्यक्षबाट १६५ मध्ये निर्वाचित हुने ६७ नयाँ अनुहार को हुन् ?
काठमाडौं: प्रतिनिधिसभा निर्वाचनमा ६७ जना नयाँ अनुहार विजयी भएका छन् । मंगलबार रातिसम्म १६४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३ मा मात्र मत गन्न बाँकी छ । सो क्षेत्रबाट कांग्रेसका विजयकुमार गच्छदार र एमालेकी भगवती चौधरीबीच कडा प्रतिस्पर्धा छ । दुवैजना पूर्वसांसद हुन् ।  एमालेबाट नयाँ अनुहार धेरै निर्वाचित १६५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एमालेबाट धेरै नयाँ अनुहार निर्वाचित भएका छन् । एमालेबाट ४१, माओवादी केन्द्रबाट ११, कांग्रेसका तीन, संघीय...