राहुल गान्धीले लिए भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ

राहुल गान्धीले लिए भारतीय राष्ट्रिय कंग्रेस अध्यक्षको सपथ
नयाँदिल्ली : सोनिया गान्धीका छोरा राहुल गान्धी भारतीय राष्ट्रिय कंग्रेसका नयाँ अध्यक्ष भएका छन्। ४७ वर्षीय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गर्दै शनिबार सपथ लिएका हुन्। सोनिया सन् १९९८ देखि कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। दिल्लीस्थित पार्टीको मुख्यालयमा अध्यक्ष पदको सपथ लिएका राहुल निर्विरोध भएका हुन्। भारतीय जनता पार्टीको उदयसँगै कठिन समयमा रहेको बेला कंग्रेसले राहुललाई पार्टी अध्यक्ष चुनेको हो। गत १९ बर्ष देखि पार्टीको अध्यक्ष रहेकी सोनिया गान्धीले शनिबार आफ्ना...

बेलायती राजकुमार ह्यारी र मेगनको बिहे मिति तोकियो

बेलायती राजकुमार ह्यारी र मेगनको बिहे मिति तोकियो
लन्डन: बेलायतका राजकुमार ह्यारी र मेगन मर्केलको बिहेको मिति निश्चित भएको छ। सन् २०१८ मे महिनाको १९ तारिखका दिन उनीहरूको औपचारिक विवाह हुने मिति तय भएको हो। केन्सिङ्टन राजदरबारको पारिवारिक स्रोतले शुक्रबार दिएको जानकारी अनुसार उनीहरूको विवाह सेन्ट जर्ज चापेल विन्डसर कास्टलमा हुनेछ। वैवाहिक समारोहमा सङ्गितिक कार्यक्रमसहितको भोजभतेर पनि हुने र त्यसको सबै खर्च राजदरबारले नै बेहोर्ने भएको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन्। ह्यारी र मेघागनकाबीच गत नोभेम्बरमा ‘इन्गेजमेन्ट’ गर्ने निधो भएको...

४७ वर्षिय राहुल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष चुनिए

४७ वर्षिय राहुल भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्ष चुनिए
नयाँ दिल्ली : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्। कंग्रेस नेतृत्वका लागि राहुल एक्लैको उम्मेदवारी परेपछि उनी पार्टी अध्यक्षमा निर्विरोध भएका हुन्। उनले आउदो शनिबार नयाँदिल्लीमा विषेश समारोहकाबीच पदीय जिम्मेवारी सम्हाल्ने छन् । भारतीय काँग्रेसका कार्यकर्ताहरुले राहुल पार्टी अध्यक्षमा निर्वाचित भएपछि उनको समर्थनमा नाराबाजी गरेका थिए । कार्यकर्ताहरुले राहुल जिन्दाबाद भन्दै नारा लगाएका थिए।   राहुल...

वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित

वाढीका कारण १५ जनाको मृत्यु, लाखौँ प्रभावित
थाइल्याण्ड: थाइल्याण्डको दक्षिणी क्षेत्रमा परेको भारी बर्षापछि आएको बाढीका कारण १५ जनाको मृत्यु भएको यहाँको विपद् रोकथाम तथा नियन्त्रण विभागले मङ्गलबार जनाएको छ । वाढीका कारण करिब नौ लाख मानिस अत्यन्त प्रभावित भएको विभागले जनाएको छ । विभागका महानिर्देशक चायापोल थितिसकले भन्नुभयो, थाइल्याण्डमा नोभेम्बर २५ देखि डिसेम्बर ४ सम्म परेको बर्षाका कारण मुलुकका ९६ लाख १२६ जना प्रभावित भएका छन् भने बाढीमा डुबेर १५ जनाको मृत्यु भएको छ । बाढीका कारण नौ...

भारतीय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध चयन हुने निश्चित

भारतीय कांग्रेसको अध्यक्षमा राहुल गान्धी निर्विरोध चयन हुने निश्चित
एएफपी: नयाँ दिल्ली भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ । उक्त पदमा उम्मेदवारी दिने उनी मात्र हुन् । जसका कारण राहुल गान्धी नै उक्त पदमा निर्विरोध चयन हुने निश्चित भएको छ । सोनिया गान्धी भारतीय कांग्रेसको अध्यक्ष हुन् । सोनियाले १९ बर्षदेखि कांग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएका छन् । स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले...

भारतदेखि टाढिँदै, चीनसँग नजिकिँदै ?

भारतदेखि टाढिँदै, चीनसँग नजिकिँदै ?
बिबिसी: माल्दिभ्सको संसद्ले बुधवार चीनसँग खुला व्यापार सम्झौता विना बहस पारित गर्‍यो। माल्दिभ्सका आर्थिक विकासमन्त्री मोहम्मद सईदले चीनसँगको सम्झौताबाट विश्वकै सबभन्दा ठूलो बजारमा मत्स्य उत्पादनलाई विना कर निर्यात गर्न सघाउ पुग्ने बताएका छन्। पछिल्लो कदमलाई माल्दिभ्स र भारतबीच दूरी उत्पन्न भएको रुपमा हेरिँदैछ। भारत पछिल्लो एक दशकयता माल्दिभ्सको आन्तरिक मामिलामा हस्तक्षेप गर्नबाट आफूलाई टाढा राख्दै आएको छ। प्रत्यक्ष त्यसको प्रत्यक्ष लाभ चीनले लिइरहेको देखिन्छ। पछिल्लो पटक चिनियाँ राष्ट्रपति सि जिन पिङ माल्दिभ्स...

वाम गठबन्धन कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप : प्रधानमन्त्री देउवा

वाम गठबन्धन कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप : प्रधानमन्त्री देउवा
कवालिङ स्याङ्जा: प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको नेतृत्वमा बनेको संविधानलाई वाम गठबन्धनले समाप्त पारेर कम्युनिष्ट शासन लागू गर्न खोजेको आरोप लगाएका छन् । स्याङ्जाको वालिङमा आज आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्र रोज्ने कि कम्युनिष्ट दमनको शासनमा एकदलीय तानाशाही शासन व्यवस्था रोज्ने यसको छिनोफानो आगामी निर्वाचनमा जनताले आफ्नो मतमार्फत गर्ने बताए । “संसारमा कम्युनिष्ट शासनको शुरुआत भएका देशमा पनि अहिले कम्युनिष्ट व्यवस्था अन्त्य हुँदैछ”– प्रधानमन्त्री देउवाले भने, “संसारमा असफल भएका...

उत्तर कोरियाले मिसाइल परीक्षण गरे लगातै अमेरिका भने- विश्व नै खतरामा

उत्तर कोरियाले मिसाइल परीक्षण गरे लगातै अमेरिका भने- विश्व नै खतरामा
एजेन्सी: उत्तर कोरियाले फेरि अर्को लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । अमेरिकाको रक्षा मन्त्रालयको प्रारम्भिक मूल्यांकन अनुसार यो एक अन्तर महाद्वीपीय व्यालेस्टिक मिसाइल हो । सो मिसाइल एक हजार किलोमिटरको दुरी पार गर्दै जापान सागरमा खसेको दावी गरिएको छ । दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार दक्षिणी प्योंगान प्रान्तको प्योंगयाङ्गबाट मिसाइल हानिएको थियो । अमेरिकी रक्षामन्त्री जेम्स मेटिसले उत्तर कोरियाको यस कदमले विश्व नै खतरामा परेको प्रतिक्रिया दिएका छन्...

राजकुमार ह्यारी अमेरिकी अभिनेत्री मर्केलसँग विवाह गर्ने

राजकुमार ह्यारी अमेरिकी अभिनेत्री मर्केलसँग विवाह गर्ने
बीबीसी, बेलायतका राजकुमार ह्यारीले अमेरिकी नायिका मेघन मर्केलसँग विवाह गर्ने पक्का भए को छ । राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीले आगामी वसन्त याममा मार्कलसँग विवाह गर्ने छन् र विवाहपश्चात् उनीहरू केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्ने छन्। राजकुमार ह्यारी र मार्कलले सन् २०१६ को जुलाई महिना देखि प्रेम सम्बन्धमा थिए । एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको...

३७ वर्ष लामो शासन अन्त्य,जिम्बाबेका नयाँ राष्ट्रपति म्नानगाग्वा

३७ वर्ष लामो शासन अन्त्य,जिम्बाबेका नयाँ राष्ट्रपति म्नानगाग्वा
एजेन्सी: जिम्बाबेका नयाँ राष्ट्रपति इमर्सन म्नानगाग्वाले सपथ लिएका छन्। राजधानी हरारेको नेसनल स्पोर्ट्स स्टेडियममा आयोजित समारोहमा उनले प्रधानन्यायधीशबाट सपथ लिए। रोबर्ट मुगावेको ३७ वर्ष लामो शासन अन्त्य भएपछि म्नानगाग्वा राष्ट्रपति बनेका हुन्। उनलाई मुगावेले उपराष्ट्रपति पदबाट बर्खास्त गरेका थिए। त्यसपछि सेनाले सत्ता आफ्नो हातमा लिएको थियो। सपथ समारोहमा पूर्व राष्ट्रपति मुगाबे भने उपस्थित थिएनन्।...