मृगौला पीडित विजयलाई खोटाङ समाज हङकङको २१ लाख सहयोग

मृगौला पीडित विजयलाई खोटाङ समाज हङकङको  २१ लाख सहयोग
काठमाडौं : दुबै मृगौलाले काम नगरेका पुर्खोली घर खोटाङ भई हाल धरान बगैचा लाईनमा स्थायी बसोबास गर्दै आएका हङकङमा घरेलु कामदारको रूपमा कार्यरत विजय राईलाई खोटाङ समाज हङकङले अार्थिक सहयाेग गरेकाे छ ।  समाजकाे पहलमा संकलित हङकङ डलर एक लाख ६१ हजार अर्थात् नेपाली २१ लाख २५ हजार २ सय रुपैयाँ साम्पाङ रार्इ जुम्लेखाका कोषअध्यक्ष मणि रार्इलाई हस्तान्तरण गरेकाे हाे । डोमेस्टिक हेल्परको रूपमा कार्यरत विजय बिरामीले थलिए पछि डक्टरी चेकजाँच गराउदा...

भारतीय गोर्खाले मनायो स्थापना दिवस

भारतीय गोर्खाले मनायो स्थापना दिवस
हङकङ : भारतीय सेनामा गोर्खा फौजका रुपमा काम गरेका र हाल हङकङमा बसोबास गरिरहेका नेपाली लाहुरेहरुको संगठन भारतीय गोर्खा भूपू सैनिक संघ ७ वर्ष पूरा भई ८ वर्षमा लागेको छ। आइतबार नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम सहित स्थापना दिवस मनाइएको छ। सन् २०१० मा जंगबहादुर गुरुङको अध्यक्षतामा स्थापना भएको संघमा १५० जना भूपूहरु सक्रिय सदस्यको रुपमा आबद्ध छन्। हाल भारतीय भूतपूर्व सैनिकहरु हङकङ आउने क्रम बढिरहेको छ। संघका...

हङकङमा गुञ्जियो नेपथ्य

हङकङमा गुञ्जियो नेपथ्य
फरक पुस्ताकाबीच बेग्लाबेग्लै समझदारीले दुरी बढाउँदै लगेको यहाँस्थित नेपाली समाजमा ‘नेपथ्य’ले फेरि आफूलाई सेतूका रुपमा प्रस्तुत गरेको छ । यहाँका पुराना पुस्ता नेपालबाट आउने मनोरञ्जनात्मक कार्यक्रममा रमाउँछन् । यतै हुर्केका नयाँ पुस्ता चाहिँ नेपाल बाहेकका स्वादमा आफूलाई ढाल्दै लगिरहेका छन् । यस्तो बेला आइतबार यहाँस्थित युन लुंग थिएटरमा दुवैथरि सुरुदेखि अन्तिमसम्मै रमाएका देखिन्थे । कार्यक्रमको सुरुवात ‘कुरुप अनुहार हो, यहाँ कोहि साथी छैन’ बाट भएको थियो । झण्डै साढे चार दसकअघि...