अटो खोल्सामा खस्दा मकवानपुरमा चालकको मृत्यु


२ चैत्र २०७९, बिहीबार
accident 2

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–४ मा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु छ । बुधबार भीमफेदी–४ ठूलो गुन्डेङस्थित भित्रि सडक खण्डमा सानो गुन्डेङबाट भैंसेतर्फ आउँदै गरेको ना.२ ह ४६८९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ८०-९० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अटो चालक भीमफेदी–२ भैंसे बस्ने ६५ वर्षीय सुब्बा बज्यु तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७