राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा हुँदैन : नेता कोइराला


१९ फाल्गुन २०८०, शनिबार
sashanka

काठमाडौँ । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शशांक कोइरालाले राजनीति कहिल्यै आफ्नो नियन्त्रणमा नहुने बताएका छन् । आज (शनिबार) नेपाल शिक्षक संघ, जिल्ला समिति ललतिपुरको कार्यक्रममा बोल्दै उनले राजनीतिमा एउटा सुनिने तर, अर्कै हुने गरेको बताएका छन् ।

कहिल्यै पनि आफ्नो नियन्त्रणमा नआउने कुरा भनेको राजनीति रहेको उनको भनाइ थियो । उनले राजनीतिको उतारचढावमा रमाउन सक्नेले मात्रै राजनीति गर्नसक्ने बताए । उनले भने, ‘राजनीति कस्तो हो भने एउटा कुरा सुनिन्छ, हुन्छ अर्कै कुरा । कहिल्यै पनि आफ्ने नियन्त्रणमा हुँदैन । तर त्यसमै रमाउन सक्नेले मात्रै राजनीति गर्नुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७