भारतीय गोर्खाले मनायो स्थापना दिवस


१० आश्विन २०७४, मंगलवार
Hongkong Gurkha

हङकङ : भारतीय सेनामा गोर्खा फौजका रुपमा काम गरेका र हाल हङकङमा बसोबास गरिरहेका नेपाली लाहुरेहरुको संगठन भारतीय गोर्खा भूपू सैनिक संघ ७ वर्ष पूरा भई ८ वर्षमा लागेको छ। आइतबार नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा विभिन्न कार्यक्रम सहित स्थापना दिवस मनाइएको छ।

Hongkong Gurkha

सन् २०१० मा जंगबहादुर गुरुङको अध्यक्षतामा स्थापना भएको संघमा १५० जना भूपूहरु सक्रिय सदस्यको रुपमा आबद्ध छन्। हाल भारतीय भूतपूर्व सैनिकहरु हङकङ आउने क्रम बढिरहेको छ। संघका अध्यक्ष जजिन चाम्लिङका भनाइमा संघमा आबद्ध नभएपनि हङकङमा करिब ७ सय भूतपूर्व सैनिकहरु बसोबास गरिरहेको अनुमान छ। थपिने क्रम बढिरहेको छ।

भारतीय गोर्खा भूपूहरुले सञ्चालन गरेको ‘एक्स गोर्खा रेष्टुरेन्ट’ मा संस्थालाई विशेष सहयोग पुरयाएका वरिष्ठ सल्लाहकार यमबहादुर बुढाथोकी, कोषाध्यक्ष कृष्णप्रसाद गुरुङ र सहसचिव चन्द्रबहादुर पुनलाई सम्मान गरियो। यस साल महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र सहयोगार्थ आयोजना गएिको साँस्कृतिक कार्यक्रममा सहयोग गर्ने दाता, स्वंयसेवक तथा कलाकारहरुलाई पनि सम्मान गरिएको चाम्लिङले जानकारी दिए।

संघले आफ्ना सदस्यहरुलाई भइपरी आउँदा सहयोग गर्ने मात्र नभइ नेपालमा आउने दैवी प्रकोपलगायत परोपकारी कार्यहरुमा समेत आर्थिक सहयोग गर्दै आइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७