संगीत क्षेत्रमा डेनीको ‘दौड’


१४ माघ २०७४, आईतवार
deny niraula musician

-राजु शिवा ‘यायावर’

डेनी निरौला अर्थात प्रचारका लागि नदौड्ने सर्जक । काठमाण्डौं खाल्डोमा अरु मानिस ओछ्यानमा हाई काढिरहेका बेला गायक–संगीतकार डेनी निरौला आफ्नो कर्ममा जुटिसकेका हुन्छन् । राति अरु मानिस सिरकमा डल्लो परिसक्दा उनी भने हार्मोनियमका रिटहरुमा गीतको धून खोजीरहेका हुन्छन् । दुई दशकदेखि काडमाण्डौंमा सुगम संगीत सिर्जनामा जुटिरहेका इलामे संगीतकार डेनी निरौला सुगम संगीत सिर्जनामा अहोरात्र तल्लीन छन् । आफ्नो एकल संगीत रहेको नवौं एल्बम ल्याउने तयारी गरिरहेका डेनीले झण्डै तीन सय विभिन्न खालका गीतमा संगीत भरिसकेका छन् । उनले आफैले समेत डेढ दर्जन जति गीत गाएका छन् ।deny niraula musician

अहिलेका चर्चित गायकहरु दीप श्रेष्ठ, राजेशपायल राई, रामकृष्ण ढकाल, उदय–मनिला सोताङ्ग, राज सिग्देल, प्रमोद खरेल, रोशन गुरुङ्ग, याम बराल, मेलिना राईदेखि नयाँपुस्ताका गायक-गायिकाहरुको स्वरमा संगीत भरिसकेका डेनीले ‘डेब्यु’ गराएका धेरै गायक-गायिका अहिले बजारमा चलेका छन् ।

स्व. संगीतकार दिव्य खालिङ्गको संगीतका १२ वटा जति गीत गाउने सौभाग्य आफूले पाएको बताउने डेनी भन्छन्–‘दिव्य खालिङ्गले नारायण गोपाललाई गाउन लगाउनका लागि तयार गरेको गीत, सौभाग्यले मैले गाउन पाएँ । यो मेरा लागि ठूलो सौभाग्य हो ।’

अहिलेकी चर्चित गायिका सिन्धु मल्ललाई सांगीतक क्षेत्रमा ‘डेब्यु’ गराएका संगीतकार डेनी निरौलाका धेरैजसो गीत स्रोतले सुनेका र चिनेका छन्, तर त्यहि गीतको धून सिर्जना गरेका डेनीलाई भने धेरैले चिन्दैनन् । नेपालका कान्छा निर्देशक सौगात विष्टको निर्देशनमा बनेको चलचित्र ‘लव यु बाबा’ को गीतमा समेत सुमधुर संगीत दिएका डेनी प्रचारका लागि दौडधूप गर्न रुची राख्दैनन् । राष्ट्रिय, भजन, आधुनिक, लोकगीत सबैं विद्याका गीतमा उतिकै कर्णप्रिय संगीत सिर्जना गर्न माहिर डेनी बजारको डिमाण्ड अनुसार नभई शब्दको ओज अनुसार संगीत सिर्जना गर्न रुचाउँछन् । आफूले स्थापित गरेका गायक÷गायिकाको बजारमा माग बढिरहेको देख्दा खुशी लाग्ने बताउँदै डेनी भन्छन्–‘मिडियाले मलाई खोजेनन्, मैले पनि मेरो प्रचार गरिदेऊ भनेर कहिले मिडिया हाउस धाइन् ।’

आफूले स्थापित गरेका गायक÷गायिकाको बजारमा माग बढिरहेको देख्दा खुशी लाग्ने बताउँदै डेनी भन्छन्–‘मिडियाले मलाई खोजेनन्, मैले पनि मेरो प्रचार गरिदेऊ भनेर कहिले मिडिया हाउस धाइन् ।’

स्व. संगीतकार दिव्य खालिङ्गको संगीतका १२ वटा जति गीत गाउने सौभाग्य आफूले पाएको बताउने डेनी भन्छन्–‘दिव्य खालिङ्गले नारायण गोपाललाई गाउन लगाउनका लागि तयार गरेको गीत, सौभाग्यले मैले गाउन पाएँ । यो मेरा लागि ठूलो सौभाग्य हो ।’ आफूलाई गायक भन्दा पनि संगीतकार भन्न रुचाउने डेनी मिडियाहरुले आफूहरुकै सिर्जना बेचेर आर्थिक उपार्जन गरिरहेको भए पनि गीत बजाउँदा गायकको नाम मात्र भनेर गीतकार र संगीतकारलाई अन्याय गरिरहेको गुनासो भने गर्छन् ।

संगीतसँग साइनो
गाउँघरमा बस्ने धेरैका लागि गीत÷संगीत रहरको विषय मात्र बन्छ । तर, डेनीको साइनो संगीतसँग सानै उमेरमा जोडियो । गायक बाबु कोमल निरौलाले घरमै वाद्ययन्त्र राख्ने भएका कारण पनि आफूलाई संगीतसँग जोडिन सजिलो भएको डेनी सुनाउँछन् । सात वर्षको उमेरदेखि नै आफू संगीतर्फ झुकेको बताउँदै डेनी भन्छन्–‘राति सुत्दा पनि रेडियो साथैमा हुन्थ्यो, बिहान व्यूँझिदाँ रेडियो स्वाँ गरिरहेको हुन्थ्यो ।’ घरमै गिटार, मादल, हार्मोनियम बजाउन सिक्ने कोशिस गरेको सुनाउँदै उनले भने–‘पछि बुझ्नै जाँदा गीतका लागि सबैभन्दा महत्वपूर्ण संगीत हुन्छ जस्तो लाग्यो । त्यसैले जानी नजानी शब्द कोरेर संगीत भर्न कोशिस गरें ।’deny Niraula

स्टेजबाट उठेका डेनी
स्टुडियोमा सीमित व्यक्तिका अगाडि गाउने प्रवृत्तिका कारण चलेका गायक÷गायिकाका लागि पनि स्टेज कार्यक्रमले अत्याउँछ । तर, डेनीमा स्टेज पर्फमेन्सका धेरै अनुभव छन् । उनलाई स्टेज असजिलो होइन, आनन्द लाग्छ । उनको स्टेज पर्फमेन्स हेर्दा जोकोहीले थाहा पाउँछन्, उनी स्टेजबाटै उठेका संगीतकार हुन् । इलामको आदर्श मावि पढ्दाताका इलामे संगीतकारहरु राम दियाली, सुमन दियाली, गायक रमेश श्रेष्ठ तुलाराम पौडेललगायतको सहकार्यमा धेरै स्टेज कार्यक्रम गरेका उनी स्टेजमा स्व. अमर गुरुङ्ग, गणेश रसिक जस्ता सर्जकसँग सहभागी हुँदा धेरै कुरा सिक्ने मौका मिलेको बताउँछन् । उनी भन्छन्–‘स्टेज कार्यक्रम गर्दा सानातिना कमजोरी त हुन्छन्, तर लाइभ कार्यक्रम हुने भएकाले स्रोत दर्शकले पनि सोही अनुसार बुझ्छन् ।

आरआरमा संगीतको राग
इलामको आदर्श हाइस्कुलबाट एसएलसी पास गरेपछि डेनीको यात्रा काठमाण्डौंतर्फ सोझियो । उनले प्रदर्शनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा भर्ना भएर संगीतको औपचारिक ज्ञान र राग सिक्न थाले । त्यसपछि ललितकला क्याम्पसबाट बि. म्यूज गरेका डेनीले २०५५ सालमा रेडियो नेपालबाट तीन तालको गीत गाएर स्वरपरीक्षा समेत पास गरे । आफूले धेरै स्टेजमा गीत गाएका कारण स्वरपरीक्षा पास गर्न कठिनाइ नभएको सुनाउँदै भन्छन्–‘३ सय जनाले परीक्षा दिंदा मसहित २५ जना पास भएका थियौं ।’

कठिन भएन काठमाण्डौं
आफूसँग संगीतको ज्ञान भएको र आफ्ना गायक बुबा कोमल निरौलाको संगीत सहकर्मीहरु धेरै भएकाले काठमाण्डौंमा संगीत कर्म गर्न आफूलाई कुनै कठिनाई नभएको डेनी सुनाउँछन् । आफूले पूराना गायक दीप श्रेष्ठसँग पनि काम गर्न पाएको बताउँदै भन्छन्–‘दीप श्रेष्ठ सिनियर भएर पनि सांगीतिक करिअर बनाउने क्रममा हौस्याएर सहयोग गर्नु भयो ।’ अहिले संगीत सिर्जनासँग विभिन्न विद्यालयमा संगीत पढाउने डेनी संगीतले नै घर चलाउन सकिरहेको सुनाउँछन् । उनी भन्छन्–‘गीत÷संगीत सिर्जनाका लागि सिक्नु त छँदैछ, प्रविधि र संगीतको माहौल बुझ्न सक्दा भविष्य उज्वल रहने नयाँ आगन्तुकलाई सुझाव दिन्छन् ।

संगीत कर्ममा जुटेका डेनीले संगीतबाट धेरै अपेक्षा नलिएको भए पनि, परिश्रमको फल मिठो हुन्छ भने जस्तै संगीत क्षेत्रले उनको हात खाली बनाएको भने छैन । उनले संगीत क्षेत्रमै लागेका कारण २०५७ सालमा रेडियो नेपालको आधुनिक गीत सम्मेलनमा उत्कृष्ट संगीतकारको सम्मान पाए ।

संगीत क्षेत्रले के दियो डेनीलाई ?
डेनी निरौला संगीत क्षेत्रमा स्वार्थ बोकेर छिरेका छैनन् अरे । संगीत क्षेत्रमा उनको अपेक्षा छैन भन्दा पनि हुन्छ अरे । उनी भन्छन्–‘यसले मलाई गाँस, बास र कपास दिएको छ । बरु मैले यस क्षेत्रमा के दिन सक्छु भन्ने कुरा मनमा खेलिरहन्छ ।’ सस्तो लोकप्रियताका लागि मात्र नभई यो क्षेत्रमा साँच्चीकै योगदान पुग्ने र अमर गीत सिर्जनामा आफू लागिरहने उनी दिलको धोको खोल्छन् । यतिका लामो संगीत कर्ममा जुटेका डेनीले संगीतबाट धेरै अपेक्षा नलिएको भए पनि, परिश्रमको फल मिठो हुन्छ भने जस्तै संगीत क्षेत्रले उनको हात खाली बनाएको भने छैन । उनले संगीत क्षेत्रमै लागेका कारण २०५७ सालमा रेडियो नेपालको आधुनिक गीत सम्मेलनमा उत्कृष्ट संगीतकारको सम्मान पाए । यस्तै २०६४ को अधिराज्यव्यापी आधुनिक गीत सम्मेलनमा उनी बाल गीततर्फ उत्कृष्ण संगीतकार घोषित भए । अन्य निजी क्षेत्रको सम्मान पनि उनले धेरै पाएका छन् । उनी संगीत क्षेत्रमा लागेर पाएको सम्मानबाट खुशी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७