विचार आँशु पुछ्ने रूमाल होइन : विष्णु रिजाल


२१ जेष्ठ २०७६, मंगलवार
Bishnu Rijal

काठमाडौं, २१ जेठ : नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले सांगठनिक एकता पुरा नहुदै विचारको बहस सुरु गर्नु हाँस्यास्पद हुने बताएका छन् । पार्टीभित्र विचारको बहस आवश्यक भए पनि पूर्व एमाले र पूर्व माओवादीबीचको सांगठानिक एकता नटुंगिदै विचारको फायर खोल्नु ‘लुकिङ लण्डन टकिङ टोकियो’ जस्तो हुने उनको दाबी छ ।

मंगलबार नेता रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘देउसी–भैलो रमाइलो हुन्छ । तर, दशैतिहार बाहेक अरु बेला खेल्दा रमाइलो होइन हाँस्यास्पद हुन्छ ।’

विचार आफूले भने अनुसारको काम नहुदा पोखिने कुन्ठा जस्तो नभएको उनको तर्क छ । उनले लेखेका छन्,‘विचार कुनै आफन्ताले सम्झिदा लाग्ने बाडुली वा आफूले भनेको एक दुुईजनाले जिम्मा नपाउँदा आँशु पुछ्ने रुमाल होइन ।’

पछिल्लो समयमा उपप्रधान एवं रक्षामन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले तत्कालिन एमालेको मार्गदर्शक सिद्धान्त ‘जनताका बहुदलीय जनवाद’ (जबज) नेकपाको विचार बनाउनुपर्छ भन्ने वकालत गरीरहेका छन् ।

एमाले र माओवादी एकतामा एमालेले अवलम्बन गरेको जबज र माओवादीले अवलम्बन गरेको ‘एक्काइसौं शताब्दीको जनवाद’ र माओवादका सकारात्मक कुरालाई अध्ययन गर्दै भोलि उपयुक्त समयमा टुंगो गर्ने सहमति भएको थियो । तर, पोखरेलले भने त्यस्तो सहमति माओवादीको हार भयो भनेर मनोवैज्ञानिक असर नपरोस् भनेर राखिएको दाबी गर्दै आएका छन् ।

नेता रिजालले एकताको बेला कुनै आधिकारिक निकाय वा बैठकबाट नेकपाको विचार तय गरिएको नभई आठ नेताको हस्तक्षारबाट पूर्वमान्यता स्थगित गरिएको भन्दै बहस हुने तर यो समय नभएको उनको भनाई छ ।

उनले लेखेका छन्, ‘एकताको बेला कुनै आधिकारिक निकाय वा बैठकबाट नेकपाको विचार तय गरिएको होइन, आठ नेता (केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल र रामबहादुर थापा) को हस्ताक्षरबाट पूर्वमान्यता स्थगित गरी ‘जनताको जनवाद’ बनाइएको हो । त्यसैले सांगठनिक एकता नटुंगिदै ‘विचार’ को फायर खोल्नुलाई ‘कहीं पे निशाना, कहीं पे तीर’ ‘लुकिङ लण्डन टकिङ टोकियो’ भनिन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७