अमेरिका–इरान तनाव : नेपालीहरु रातभर बङ्करमै, खाडीमा १० लाख नेपाली प्रभावित


२४ पुष २०७६, बिहीबार
Iran US
FILE – In this photo released by the semi-official Iranian Students News Agency (ISNA), a long-range S-200 missile is fired in a military drill in the port city of Bushehr, on the northern coast of Persian Gulf, Iran, Wednesday, Dec. 29, 2016. The U.S. airstrike that killed a prominent Iranian general in Baghdad raises tensions even higher between Tehran and Washington after months of trading attacks and threats across the wider Middle East. (Amir Kholousi, ISNA via AP)

काठमाडौं, २४ पुस । संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्। ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार उनले नागरिकसित भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’ हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।

यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ।

२०७२ पछि सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउन प्रतिबन्ध लगाएपछि श्रम स्वीकृतिबिनै नेपाली महिला तेस्रो मुलुक हुँदै युएईलगायतका खाडी मुलुक जाने गरेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ। रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक ९युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया० तथा मलेसिया जाने गर्छन्।

विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन्। वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७