एसिया कप क्रिकेट : अफगानिस्तानको विजयी शुरुवात, आज भारत र पाकिस्तान खेल्दै


१२ भाद्र २०७९, आईतवार
AFG SL 2 2 NPoK0kni8t

काठमाडौं । एसिया कप क्रिकेटमा अफगानिस्तानले विजयी शुरुवात गरेको छ । दुबईमा गए राति भएको उद्घाटन खेलमा पाँच पटकको च्याम्पियन श्रीलङ्कालाई ८ विकेटले हराउँदै अफगानिस्तानले सुखद शुरुवात गरेको हो ।

श्रीलङ्काले दिएको १०६ रनको लक्ष्य अफगानिस्तानले १० ओभर १ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो । अफगानिस्तानको जितमा रहमानउल्लाह गुर्बाजले ४० रन बनाए । यस्तै हज्रातउल्लाह जाजईले अविजित ३७ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले १९ ओभर ४ बलमा अलआउट हुँदै १०५ रन बनाएको थियो ।

श्रीलङ्काका भानुका राजपाक्षेले सर्वाधिक ३८ रन तथा चामिका करुनारत्नेले ३१ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट तथा मुजिब उरहमान र मोहमद नाबीले २/२ विकेट लिए । जितसँगै समूह ‘बी’ को अफगानिस्तानले पहिलो खेलमा २ अङ्क जोडेको छ । प्रतियोगिताको दोस्रो खेलमा आज भारत र पाकिस्तानबीच खेल हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७