जनादेशको कदर गर्दे सरकार गठनको बाटो खोल्न वाम गठबन्धनको आग्रह


२ पुष २०७४, आईतवार
uml and moist

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रले चुनावले दिएको जनमतको कदर गर्दे सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेका छन् ।uml and moist
काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्णमा जारी आइतबार संयुक्त पत्रकार सम्मेलनमा वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाबाट प्राप्त नयाँ जनादेशलाई कदर गर्दे सरकार गठनका लागि मार्गप्रशस्त गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारलाई आग्रह गरेको हो । दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी जनमतको अवमूल्यन नगर्न चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा एमाले उपाध्यक्ष भीम रावलले संयुक्त विज्ञप्ति पढेर सुनाएका थिए । सरकारले संविधानको गलत व्याख्या गरिरहेको भन्दै संविधान कार्यान्वयनमा अवरोध नगर्न अनुरोध गरिएको छ ।
पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित गठबन्धनका शीर्ष नेता सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७