विश्वकप खेल्न स्वीट्जरल्याण्डको २६ सदस्यीय टोली घोषणा
![switzerland world cup preview 2022](https://www.nayapage.com/wp-content/uploads/2022/11/switzerland-world-cup-preview-2022.jpg)
काठमाडौं । फिफा विश्वकप फुटबलका लागि स्वीट्जरल्याण्डले टिम घोषणा गरेको छ । कतारमा आयोजना हुने विश्वकपका बुधबार स्वीट्जरल्याण्डले २६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
स्वीट्जरल्याण्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् । कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ । विश्वकपमा स्वीट्जरल्याण्ड समूह ‘जी’ मा छ । स्वीट्जरल्याण्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
हेर्नुस् स्वीट्जरल्याण्डको टोली
![swis ujXYPWv8Hi](https://s3.nayapage.com/uploads/2022/11/swis_ujXYPWv8Hi-614x768.jpg)