रेशम चौधरी छुट्ने हल्लाले डिल्लीबजार कारागार अघि कार्यकर्ताको भिड {फोटो फिचर}
काठमाडौं । रेशम चौधरी जेलमुक्त हुने हल्लाले काठमाडौं डिल्लीबजारस्थित कारागार बाहिर स्वागत गर्न बसेका नागरिक उन्मुक्ति पार्टीका कार्यकर्ता र आफन्त । सरकारले उनीसहितका नेतालाई कारागारमुक्त गर्ने अध्यादेश ल्याउने निर्णय गरेपछि चौधरी आजै जेलमुक्त हुने हल्ला चलेको छ ।
केहीले झण्डा तयार गरेर बसेका छन् । कैलालीको टीकापुरमा झडप हुँदा आठ जनाको मृत्यु भएको घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका थिए ।
हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । यसरी अध्यादेशमार्फत कार्यविधि संशोधन हुन लागेपछि चौतर्फी विरोध भइरहेको छ ।