कैदीबन्दीलाई योगासँगै फलफूल वितरण
![DB Dadeldhura IMG 20230219 094552 scaled](https://www.nayapage.com/wp-content/uploads/2023/02/DB_Dadeldhura-IMG_20230219_094552-scaled.jpg)
डडेल्धुरा । प्रजातन्त्र दिवसका अवसरमा डडेल्धुरा कारागारमा रहेका कैदीबन्दीलाई योग प्रशिक्षण गराइएको छ । योग प्रशिक्षक गोविन्द खडायतको अगुवाइमा कारागार बन्दीगृहभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई १० दिने योग प्रशिक्षण आजदेखि सुरु गरिएको हो ।
कैदीलाई स्वस्थ र विभिन्न प्रकारका मौसमी फलफूल वितरण गरेको भागेश्वर गाउपालिका–४ का वडाअध्यक्ष वासुदेव चटौतले बताए । कारागार कार्यालयको बन्दीगृहमा नौ महिला तथा एक सय दुई पुरुष कैदी र पाँच महिला तथा १० पुरुष थुनुवा छन् ।