चेल्सीका प्रशिक्षक पोटर सात महिनामै बर्खास्त
काठमाडौं । शनिबार घरेलु मैदानमा एस्टन भिल्लासँग २–० ले पराजित भएपछि चेल्सीले म्यानेजर ग्राहम पोटरलाई सात महिनाभन्दा कम समयपछि नै बर्खास्त गरेको छ । सेप्टेम्बर ८ मा स्टामफोर्ड ब्रिजमा थोमस टुचेललाई प्रतिस्थापन गरेपछि यो ३१ खेलमा उनको ११ औं हार थियो ।
चेल्सी प्रिमियर लिगमा ११ औं स्थानमा झरेको छ भने शीर्ष चारभन्दा १२ अंकले पछि परेको छ । जबकि यो सिजन नयाँ खेलाडीहरूका लागि क्लबले ५५ करोड पाउन्डभन्दा बढी खर्च गरेको छ । क्लबका मालिकहरूले पोटरलाई बर्खास्त गर्दा आफूहरु ‘निराश’ भएको बताएका छन् । ब्राइटनमा पोटरसँग काम गरेका ब्रुनो साल्टरले अन्तरिम मुख्य प्रशिक्षकको रूपमा टोलीको जिम्मेवारी लिनेछन् ।