२९ अंकले घट्यो नेप्से, एक अर्ब ६५ करोडको कारोबार
काठमाडौं । धेरैपछि हिजो (बुधबार) उच्च अंकले बढेको शेयर बजार आज (बिहीबार) फेरि ओरालो लागेको छ । बुधबार ९२ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २९ अंकले ओरालो लागेर १९३४.४७ विन्दुमा झरेको छ ।
आज दुई सय ७० वटा कम्पनीका ४९ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । समग्र बजार घटे पनि आदर्श लघुवित्त, कालिञ्चोक दर्शन लिमिटेड र मेलुङ हाइड्रो कम्पन्नीको शेयर १० प्रतिशतले बढेको छ ।