मौसम खराब हुँदा त्रिभुवन विमानस्थलको उडान प्रभावित
काठमाडौँ । काठमाडौँको मौसम खराब हुँदा त्रिभुवन विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । काठमाडौँबाट उड्ने जहाज प्रभावित नभए पनि अवतरण हुने जहाज भने प्रभावित भएको जनाइएको छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्ने अवस्था नरहेपछि जहाज काठमाडौँ वरपरको आकाशमा घुमेको घुम्यै छन् । नयाँ दिल्लीबाट आएको भिस्तारा एअरलाइन्स, दोहाबाट आएको कतार एअरवेज, जापानको टोकियोबाट आएको नेपाल एअरलाइन्स र दक्षिण कोरियाबाट आएको कोरियन एअरलाइन्सले आकाशमा फन्को लगाइरहेका छन् ।