सुनको भाउ एकै दिन १४ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
छापावाल सुन तोलामा एक लाख ९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलामा एक लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।