सातौं दक्षिण एशियाली कराते च्याम्पियनसिप : पहिलो दिन नेपाललाई १२ स्वर्ण
काठमाडौँ । सातौँ दक्षिण एशियाली कराते च्याम्पियनसिपको पहिलो दिन (शनिबार) नेपालले १२ स्वर्ण हात पारेको छ । पहिलो दिन २९ स्वर्णको टुङ्गो लाग्दा छिमेकी भारतले १५ स्वर्ण, श्रीलंका र बंगलादेशले समान एक-एक स्वर्ण जितेका छन् ।
नेपाल कराते महासङ्घले गरेको प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंकाको एनओसी टिम, भुटान र पाकिस्तान सहभागी छन् । प्रतियोगितामा १०३ महिला र १३४ पुरुष गरी २३७ खेलाडी सहभागी छन् । आज सकिने प्रतियोगितामा ६२ स्पर्धाका लागि प्रतिस्पर्धा भइरहेको छ ।