गायिका रचना रिमाल चढेको गाडी दुर्घटना
दाङ । गायिका रचना रिमाल चढेको गाडी दुर्घटनामा परेको छ । नेपालगञ्जबाट दाङ लमहीको महोत्सवमा आउँदै गर्दा बाँकेको सिक्टा नजिकै बा प्र ०३।०१ ख र २११८ को नम्बरको ट्रकले गायिका रिमाल चढेको ना १६ च ८३४३ नम्बरको स्कार्पियोलाई ठक्कर दिएको रिमाल हो ।
आज अपरान्ह पौने ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर दिएको थियो । गायिका रिमाललाई केही नभएको र आफूलाई घुँडामा समान्य चोट लागेको सोही गाडीमा रहेका पत्रकार शिवु खनालले जानकारी दिएका छन् । गाडीमा रिमालसहित तीन जना थिए ।