सशस्त्र प्रहरीका चार डीआईजीको काज सरूवा
काठमाडौं । सशस्त्र प्रहरी बलका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरूवा गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयगर्दै उनीहरूको काज सरूवा गरेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
हलचोकले डीआईजी गणेश ठाडा मगरलाई सीमा सुरक्षा विभागबाट ३ नम्बर गढीमाई बाहिनी मकवानपुरमा काज सरुवा गरिएको छ । त्यस्तै दुर्गाप्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयबाट ६ नम्बर महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा गरिएको छ ।
उता लक्ष्मणबहादुर सिंहलाई नं. ३ गढीमाई बाहिनी मकवानपुरबाट सशस्त्र प्रहरी बल सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । प्रदीपकुमार पाललाई ६ नम्बर महेश्वरी बाहिनी सुर्खेतबाट राष्ट्रिय सुरक्षा परिषद्को कार्यालय सिंहदरबारमा सरुवा गरिएको छ ।