रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा
काठमाडौं । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । गए राति सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा रियल म्याड्रिडले जर्मनी क्लब आरबी लेइपजिङसँग १–१ गोलको बराबरी खेल्दै समग्रमा २–१ को नतिजासहित क्वार्टर फाइनलमा पुगेको हो ।
यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले गोल गरेका थिए भने आरबी लेइपजिङका लागि विली ओर्बानले एक गोल गरेका थिए । यसअघि सम्पन्न राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले १–० को नतिजा निकालेको थियो । योसँगै रियल म्याड्रिडसहित बायर्न म्युनिख, पिएसजी र म्यानचेस्टर सिटी यस सिजनको च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेका छन् ।