आयरल्याण्ड वोल्भ्सविरुद्ध नेपाल ‘ए’ ले टस जितेर पहिला बलिङ गर्दै
काठमाडौँ । नेपाल ‘ए’ र आयरल्याण्ड वोल्भ्सबीचको टी–२० सिरिजको दोस्रो खेल आज हुँदैछ । त्रिवि मैदानमा हुने यस खेलमा नेपाल ‘ए’ का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ ।
शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको थियो । यसअघि विहीबार हुने तालिका भए पनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।
नयाँ तालिका अनुसार अब नेपाल ‘ए’ आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी–२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।