जितपछि शीर्ष स्थानमा उक्लियो लिभरपुल
काठमाडौँ । लिभरपुल इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गए राति सम्पन्न खेलमा लिभरपुलले शेफिल्ड युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गरेपछि लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलको जितमा डर्विन नुनेज, एलेक्सिस म्याक्स अलिस्टर र कोडी गाक्पोले एक–एक गोल गरेका थिए ।
त्यसैगरी शेफिल्डका लागि एक गोल लिभरपुलकै कोनोर बार्डलीले आत्मघाती गोल गरेका थिए । यो जितपछि लिभरपुलको ३० खेलमा ७० अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३० खेलमा ६८ अंक छ भने तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३० खेलमा ६७ अंक रहेको छ । त्यसैगरी शेफिल्ड युनाइटेडको भने ३० खेलमा केवल १५ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।