नेइमारको मासिक पारिश्रमिक ३७ करोड ९३ लाख


११ आश्विन २०७४, बुधबार
neymar

पेरिस : सर्वाधिक रकम सम्झौतामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका ब्राजिलियन फरवार्ड नेइमारको पारिश्रमिक सार्वजनिक भएको छ। फुटबल लिक्स र डेर स्पिगलले स्पेनिस पत्रिका मार्का मार्फत सार्वजनिक गरेको प्रतिवेदन अनुसार पिएसजीमा नेइमारको आम्दानी महिनाको ३० लाख ६९ हजार ५ सय २० युरो (३७ करोड ९३ लाख ४८हजार ९८ रुपैयाँ) रहेको दाबी गरिएको छ । यसको अर्थ नेइमारले एक घण्टामा चार हजार युरो (४ लाख ९४ हजार ३ सय ४१ रुपैयाँ) तथा एक दिनको एक लाख युरो (१ करोड २३ लाख ५८ हजार ५ सय ४७ रुपैयाँ) कमाउँछन् ।

neymar

पिएसजीका स्टार ब्रालिलियन नेइमारले फ्रान्समा नयाँ घर पनि लिएका छन् । उनको घर पिएसजीको प्रशिक्षण केन्द्रबाट ९ किलोमिटर पर छ । उनको यो घरको भाडा महिनाको १४ हजार युरो (१७ लाख २९ हजार ५ सय ५४ रुपैयाँ) रहेको छ । नेइमारले पिएसजीमा राम्रो सुरुवात गरेका छन् । उनले अहिलेसम्म पाँच गोल गरेका छन् भने पाँच गोलका लागि सहयोग गरेका छन् । तर पछिल्लो समय उनी लिग वान अन्तर्गत लियोनसँगको खेलमा पेनाल्टी प्रहारका लागि एडिसन काभानीसँग विवाद गरेको विषयले चर्चामा छन् ।

फुटबल लिकले दाबी गरेअनुसार यही सिजन पिएसजीमा आबद्ध नेइमार पारिश्रमिकमा भने दोस्रो नम्बरमा परेका छन्। नेइमारभन्दा अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेजले गत वर्ष बढी पारिश्रमिक लिएका थिए। टेभेजले गत सिजन चाइनिज सुपर लिगमा साङ्घाइ सेनहुआबाट ३ करोड ८४ लाख युरो पारिश्रमिक लिएका थिए।

टेभेज र नेइमारको तुलनामा बार्सिलोनाका अर्जेन्टिनी फरवार्ड लिओनल मेसीको पारिश्रमिक थोरै छ। त्यसैले नयाँ हुने सम्झौतामा मेसीको वार्षिक पारिश्रमिक ४ करोड युरो पुर्याउउन लागिएको फुटबल लिकले दाबी गरेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७