पाकिस्तानी सेनाको आक्रमणबाट दुई गोर्खा सैनिकको मृत्यु


११ पुष २०७५, बुधबार
Gurkha India

काठमाडौं : भारतीय सेनामा कार्यरत दुई नेपाली नागरिक पाकिस्तानको आक्रमणमा मारिएका छन् । भारतीय गोर्खा सैनिक सुवेदारद्वय गमबहादुर थापा र रमन थापाको मृत्यु भएकाे हाे ।

Gurkha India

दुवै भारतीय जनाको स्थायी घर रुपन्देहीको तिलोत्तमा–९ तुलसीपुर हो । भारतको कुपवडा जल्लामा भारतीय सैनिकलाई लक्षित गर्दै पाकिस्तानी सेनाले गरेको आक्रमणमा उनीहरुको ज्यान गएको बताइएको छ ।

उनीहरु दुवैलाई घाइते भएपछि उपचारको लागि अस्पताल पुर्याउने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमबहादुर सन् १९९३ मा र रमन थापा सन् १९९६ मा गोर्खा राइफल्समा भर्ना भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७