‘अन्तराष्ट्रिय पप स्टार’ राजेश पायल राई नेपालमा पनि सम्मानित


९ मंसिर २०७४, शनिबार
Rajesh payal rai

अमेरिकाका रोचेस्टर सिटीमा ‘अन्र्तराष्ट्रिय पप स्टार’ उपाधि पाएका गायक राजेश पायल राईलाई नेपालमा पनि सम्मान गरिएको छ । सेवा रेकर्डिङ स्टुडियोको आयोजनामा यसै साता गायक राईलाई संगीतकर्मीहरुले सयुक्त रुपमा सम्मान गरेका छन् ।

Rajesh payal rai अमेरिकामा अवस्थित रोजेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा। केर्डिक एल अलेक्जन्डरले राईलाई ‘इन्टरनेशनल पपस्टार’को उपाधि दिंदै सम्मान प्रदान गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटा लगायतका कलाकारले उपस्थिती जनाएर सम्मान प्रकट गरेका थिए । नेपाली संगीत क्षेत्रमा राजेशपायलले लगनशीलता र कठोर परिश्रमको फल पाएको भन्दै शम्भुजित बास्कोटाले खुशी ब्यक्त गरे । सरल स्वभाव र भर्सनटाइल गायक राजेशपायललाई अमेरिकामा गरिएको सम्मानलाई राष्ट्रले गर्वका साथ लिनु पर्ने उनको भनाई थियो ।
राजेश पायल राईको सम्मानमा अमेरिकाका रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाउने घोषणा गरिएको छ । यस किसिमको सम्मान पाउने नेपाली गायक राई नै पहिलो हुन् ।

 -साप्ताहिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७