गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ : गगन थापा


१२ पुष २०७५, बिहीबार
Gagan thapa

काठमाडौं, १२ पुस : नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ मात्रै भएको बताएका छन् । सबै पार्टीमा गुटउपगुट हुने नेता थापाको दाबी छ ।

Gagan thapa



विहिबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता थापाले भने, गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ मात्रै हो । पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठकको समापनका अवसरमा बोल्दै पार्टीभित्र गुट उपगुट नभएको घोषणाको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

नेता थापाले द्वन्द्व नभएको कुनै पनि पार्टी नहुने बताए । भने, ‘द्वन्द्व नभएको कुनै पार्टी हुन्छ र ? द्वन्द्व भइसकेपछि गुट नभएको, समूह नभएको पार्टी हुन्छ र ? हुँदै हुँदैन । गुट निरपेक्ष पार्टी, गुटबाट मुक्त पार्टी, समूहहरु नभएको पार्टी भन्ने कुरा हवादारी कुरा हो ।’

नेता थापाले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेललाई लभ मात्रै होइन विहे नै गर्न सुझाव दिए । उनले भने, ‘हामी हेर्छौं सभापति र बरिष्ठ नेताको लभ विवाहसम्म पुग्छ की लभमा मात्र सिमित हुन्छ ।’

देउवा र पौडेललाई मान्दिनँ, उहाँहरुमा नेता बन्ने ‘क्वालिटी’ नै छैन : सिटौला


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७