मेस्सीले जित्यो युरोपियन गोल्डेन बुट


९ मंसिर २०७४, शनिबार
messi 2

जुरिच (एजेन्सी) बार्सिलोनाका स्टार लियोनल मेस्सीले गए राति युरोपियन गोल्डेन बुट जितेका छन् । २०१६-१७ सिजन मा ३७ गोल गर्दै उनले उपाधि जितेका हुन् ।messi 2

मेस्सीले स्पोर्टिङका बास दोस्त (३४) र बोरुसिया डर्टमन्डका पियर एम्रिक अबामेयाङ (३१) लाई पछि पार्दै २०१६-१७ सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् । मेस्सीको यो चौथो गोल्डेन बुट उपाधि हो । यसअघि मेस्सीले २००९-१०, २०११-१२ र २०१२-१३ को सिजनमा पनि गोल्डेन बुट जितेका थिए ।
यस उपाधिसँगै उनले क्रिस्टियानो रोनाल्डोको ४ गोल्डेन बुटको बराबरी पनि गरेका छन् । यस सिजन पनि मेस्सी राम्रो फर्ममा छन् । मेस्सीले आफ्नो घरेलु लिगमा १२ गोल गरिसकेका छन् ।
हाल गोल्डेन बुटको होडमा अग्रस्थानमा १५ गोलसहित सिरो इम्मोबिल र एडिन्सन काभानी रहेका छन् । प्रतिद्वन्दि रोनाल्डोको भने यस सिजन केवल १ लिग गोल रहेको छ ।

याे पनि पढ्नुहाेस्
मेस्सीले गरे नयाँ सम्झाैता, अब २०२१ सम्म बार्सिलोनामै रहने

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७