मतदाता केन्द्र निर्माण गर्दैगर्दा बम विस्फोट


९ मंसिर २०७४, शनिबार
taplajung

काठमाडौं: ताप्लेजुङमा मतदाता केन्द्र निर्माण गरिरहेको स्थानमै बम विस्फोट भएको छ । शनिवार दिउँसो ताप्लेजुङ जिल्लाको सदरमुकाममा रहेको भानु उच्च माविमा मतदान केन्द्र बनाउँदै गर्दा बम विस्फोट गराइएको हो ।

taplajung
बम विस्फोट भएको स्थान

भोलि अर्थात् आइतबार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मतदान केन्द्र निर्माणको लागि कर्मचारीले बाँस गाड्ने क्रममा अज्ञात समूहले जमुनमुनी गाडेर राखेको भाँडा बम विस्फोट भएको प्रहरीले जानकारी दिए । विप्लब नेतृत्वको नेकपाले बम राखेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पड्किएको हुन सक्कने अनुमान गरेको छ । बम ठुलो आवाजसहित विस्फोट भए पनि मानवीय क्षति नभएको प्रहरीले बताएका छन् । बम विस्फोट भएको नजिकै मतदाता परिचय पत्र वितरण गरिरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको जानाइएको छ ।
अहिले कर्मचारीहरू काम छाडेर बाहिर रहेको र काम गर्ने वातावरण तयार नभएसम्म काममा फर्कने अवस्था नरहेको एक कमचारीले बताए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७