संविधान खारेज गर्ने तर्फ कम्युनिष्टहरु लागे : प्रधानमन्त्री देउवा


९ मंसिर २०७४, शनिबार
congress

काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कमयुनिष्टहरु संविधान खारेज गर्ने तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।

congress
शनिवार जिल्ला कार्यसमिति नवलपरासीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘काँग्रेसको नेतृत्वमा बनेको संविधान कम्युनिष्टहरु खारेज गर्ने दिशातर्फ अग्रसर बनेको छ ।’
प्रधानमन्त्री देउवाले वाम गठबन्धनको एकताले देशमा सङ्कट आउने बताउँदै एकलौटी तानाशाही शासन ल्याउन कम्युनिष्ट अग्रसर भएको आरोप लगाए । उनले कम्युनिष्टहरुले देशमा शासन गरे नागरिकको हक अधिकार खोसिने बताए । उनले भने, कम्युनिष्टले बहुमत ल्याए स्वतन्त्रता जिवनयापन खोसिन्छ । स्वतन्त्र बाँच्ने, पढ्न लेख्न, बोल्न पाउने अधिकार खोसिन्छ ।’
प्रधानमन्त्री देउवाले मतदातालाई लोकतान्त्रिक पक्षधरलाई मतदान गर्न आग्रह गर्दै चुनावपछि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । .

वामले देशमा अनिष्ट ल्याउँछ पौडेल
नेपाली काग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले देशमा अनिष्ट निम्त्याउने दाबी गरेका छन् । पौडेलले वामले बहुमत ल्याएको खण्डमा देशमा सधैँ हिसां र द्वन्द मात्रै हुने आरोप लगाएका छन् ।
उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वामको बहुमत ल्याउने सपना तुहिसकेको दाबी गरेको छ । उनले देशमा विकास निर्माणमा काँग्रेसले मात्रै प्राथमिकता दिँदै आएको बताए । उनले भने, ‘कम्युनिष्टहरु समस्याका जन्दाता हुन्, समाधान कसरी गर्ने सधैँ काँग्रेसले सिकाउनु पर्छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७