देशका विभिन्न जिल्लामा हिमपात : कतै हर्ष, कतै कष्ट (फोटो फिचर)


१३ पुष २०७५, शुक्रबार
dola

काठमाडौं, १३ पुस । जलवायुमा आएको बदलावसँगै आज (शुक्रबार) देशका विभिन्न जिल्लामा हिमपात भएको छ ।

dola

देशका हिमाली क्षेत्रका पर्यटकीयस्थलहरुमा हिमपात हुँदा पर्यटकहरुलाई हर्षसँगै कष्ट समेत थपिएको छ । आज मनाङ, हुम्ला, जुम्ला, पूर्वको धनकुटा, इलाम, ताप्लेजुङलगायतका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् ।

केहि दिनअघिसम्म पारिलो घाम लागिरहेको पूर्वी जिल्लामा आज सामान्य वर्षात भएको जनाइएको छ । बिहानसम्म सामान्य मौसम रहेको इलाममा अपरान्धपछि बदलाव आएको इलामका कृष्ण पौडेलले जानकारी दिएका छन् । आज मध्यान्हदेखि इलामका लेकाली क्षेत्रमा वर्षातसँगै हिमपात भएको उनले बताएका छन् ।

ताप्लेजुङ्ग र धनकुटाका उच्च क्षेत्रमा पनि हिमपात भएको छ । पुस महिनाको मध्यान्हमा भएको हिमपातले चिसो बढ्नुका साथै सर्वसाधरणको दैनिकी कष्टप्रद बनेको छ । विशेष गरी महिला, बालबालिका र वृद्धवृद्धालाई चिसोले बढी सताएको छ ।

पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
पाँचथरको मेचीराजमार्गअन्तर्गत् पौवाभन्ज्याङ, राँके, लालीखर्क, कान्छी दोनकानलगायतका स्थानमा शुक्रबार डेढ फिटजति बाक्लो हिउँ पर्दा जनजीवन प्रभावित बनेको हो ।

हिउँ परेपछि त्यस ठाउँका स्थानीयवासी घर बाहिर निस्कन सकेका छैनन् । सडकमा हिमपात भएपछि सवारी समेत चिप्लेर दुर्घटनाको जोखिम बढेको छ । हिमपात भएपछि बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ ।

मनाङमा पनि हिजैदेखि हिमपात जारी छ । बिहीबार दिउँसदेखि हिउँ पर्न थालेको हो । जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत ठाउँमा बाक्लो हिउँ परेको स्थानीयले जानकारी दिएका छन् ।

अन्य भू–भागमा भने पातलो परेको हिउँ परेको छ । लामो समयसम्म आकाशमा बादल लाग्नुका साथै तापक्रम पनि निकै घटेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले भने, ‘बिहीबार बिहानदेखि यहाँको मौसममा खराबी देखियो । हिमालको वरिपरी कालो बादल लागेको र हावाहुरी आउनाका साथै हिमपात भएर तापक्रम पनि माइनस २० डिग्री सेल्सियस पुगेको छ ।’

हिजो दिउँसो करीब १ बजेबाट शुरु भएको हिमपात बिहान ७ बजे रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए । हिमपातले जनमानसमा कुनै असर नगरे पनि चिसो भने बढेको छ । अहिले भने हिमपात रोकिएको छ । झण्डै १८ घण्टा निरन्तर हिमपात भएको थियो । यता दोलखाको विभिन्न भागमा हिमपात भएको छ । हिमपातले जिल्लाको जनजीवन प्रभावित भएको छ । जिरी, च्योर्दोङ, शैलुङ, कालिञ्चोक, खरिढुङ्गा क्षेत्रमा बाक्लो हिमपात भएको छ ।

आन्तरिक तथा बाह्य पयर्टक हिउँ खेल्न हिमपात क्षेत्रमा पुगिसकेका छन् । हिमपातसँगै उच्च पहाडी क्षेत्रका किसान उत्पादन बढ्ने खुशीले उत्साहित भएका छन् ।

यता लमजुङमा मौसम बदलीसंगै वर्षा हुँदा चिसो बढेको छ । हिमपात र वर्षाले लमजुङ सदरमुकाम बेसीशहर लगायत जिल्लाका विभिन्न भागमा ठण्डी निकै बढेको छ । लमजुङका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ ।

यता, उत्तरी गोरखामा पनि हिमपात भएको छ । गोरखाको धार्चे गाउँपालिका लाप्राक, गुम्दा र चुम नुब्री गाउँपालिका सामागाउँ, छेकम्पार , ल्हो र प्रोक लगायतका स्थानमा हिउँ परेको छ । बिहान चार बजेदेखि नै हिउँ परेपछि बढेको चिसोका कारण जनजीवन कष्टकर भएको लाप्राकस्थित मणिकामदेवी माविका शिक्षक भविराज गुरुङ्गले जानकारी दिएका छन् ।

गोरखाका अन्य स्थानहरुमा समेत बिहान पानी परेपछि चिसो बढेको हो । दोलखाको खरिढुंगा सैलुङ र कालिञ्चोक, चेरधुङ लगायत दोलखाको उत्तरी क्षेत्रमा पानीसँगै भएको बाक्लो हितपातले जनजीवन प्रभावित भएको छ ।

जल तथा मौसमविद् बरुण गौडेलका अनुसार आज दिनभर मौसममा बदली हुने, साँझपख पुनः हिमपात हुनसक्ने र भोलिबाट मौसममा सुधार आउने सम्भाबना देखिन्छ । देशका धेरै जिल्लामा हिमपात भइरहेका बेला काठमाडौं उपत्यकामा पनि चिसो बढेको छ ।

हेर्नुस विभिन्न जिल्लाको हिमपातको तस्विरहरु

dola2
डाेल्पा
dol
डाेल्पा

dola4
डाेल्पा
dola 3
डाेल्पा
manang 3
मनाङ
Manang 2
मनाङ
manang 1
मनाङ
manang 2
मनाङ
mana
मनाङ
manang himpat b3lKve2s2V
मनाङ
humla
हुम्ला
tera 1
तेह्रथुम
terathum
तेह्रथुम

5thar
पाँचथर
ilam1
इलाम
ilam

इलाममा वर्षा
ilam ma barsa
इलाममा वर्षा

tap
ताप्लेजुङ्ग

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७