तमु ल्होसारमा सार्वजनिक बिदा दिइने


१३ पुष २०७५, शुक्रबार
tamu lochhar

काठमाडौँ, १३ पुस । गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’को दिन सार्वजनिक बिदा दिइने भएको छ ।

tamu lochhar
फाइल तस्बिर

पुस १५ गते पर्ने तमु ल्होसारको दिन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रवार एक सूचना जारी गर्दै तमु ल्होसारमा बिदा दिने निर्णय गरेको छ । आदिवासी जनजाति समदायहरुले आफ्नो विशेष पर्वको दिन सार्वजनिक बिदाको माग सरकारलाई दबाब दिँदै आएको छ ।

गण्डकी प्रदेशमा गुरुङ समुदायको बाहुल्यता भएकोले यस प्रदेशमा सार्वजनिक बिदा दिन लागिएको हो । गुरुङ समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा तमु ल्होसारका दिन सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरू बन्द हुने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७