स्याङयोङको नयाँ वर्ष मेगा एक्चेन्ज योजना, पुरानो गाडी सट्टा गर्दा ४ लाख सम्मको छुट


१३ पुष २०७५, शुक्रबार
29 G SAFR sI MS Motors New Year Exchange Offer 1

काठमाडौं, १३ पुस । नेपालको लागी स्याङयोङ मोटर्सको आधीकारीक विके्रता एवम आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले नयाँ वर्षको उपलक्ष्यमा स्याङयोङ नयाँ वर्ष मेगा एक्चेन्ज योजना ल्याएको छ ।

यस योजना अन्र्तगत ग्राहकहरुले आफ्नो कुनै पनि गाडीसँग स्याङयोङ ब्राण्डको नयाँ एसयूभि साट्न सकिने कम्पनिले जनाएको छ । यसरी पुरानो गाडीको सट्टा गर्दा नयाँ गाडी खरिद गर्दा ग्राहकहरुले ४ लाख सम्मको छुट पनि पाउन सक्नेछन ।

एक्सचेन्ज अफरमा ग्रांहकलाई स्याङयोङ मोटर्सले १ बर्षको निशुल्क बिमा, ३ वर्षको वारेन्टी (६०,००० कि मी सम्म), ५ बर्ष सम्म निःशुल्क सर्भिसिङ्ग, निःशुल्क गाडीको अतिरिक्त सामान, सस्तो मूल्यमा स्पेयर्स पार्टसहरू दिने सुविधा सुबिधा प्रदान गर्ने जनाएको छ ।

यस्तै मोर्टसले पुरानो गाडिको स्पटमै उत्कृट मूलयाङ्कन र झन्झटरहित फाईनान्सको सूविधा प्रदान गर्नेछ भने आर्थिक वर्ष २०७५÷७६ को रोड ट्याक्स तिर्न नपर्ने जनाएको छ ।

स्याङयोङको दक्षिण कोरियाको सबैभन्दा अभिनव र उन्नत एसयूवी ब्रान्ड ओटोमोबाइल निर्माता हो । आफ्नो स्थापना बर्ष १९५४ देखि नै कम्पनी उत्कृष्ट प्रदर्शनका लागिसम्मानित हँुदै आएको छ ।

सम्भवतः यसको एक मात्र कारण कम्पनीको गुणस्तरिय ईन्जिनियरिङ्ग हो। कम्पनि संग लक्जरी कारहरू, एसयूवीहरू, पिकअप ट्रक र ःएख् हरू छन्। कम्पनिले संसारभरी करिब १६५८ बिक्रेता मार्फत १२८ भन्दा बढी देशहरुमा निर्यात संजाल मजबुत बनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७