अमेरिकाको टेक्सासमा नेपालीहरूले मनाए साकेला उधौली


१६ पुष २०७५, सोमबार
sakela udhauli usa texas 2

टेक्सास (अमेरिका), १६ पुस । अमेरिकाको टेक्सास राज्यको ड्यालसमा नेपालीहरूले पहिलो पल्ट साकेला उधौली मनाएका छन् ।

नेपालको किरात समुदायले नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस, अन्नमा चरा मुसा नलागोस’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मङ्सिर पूर्णिमाको दिनदेखि १५ दिनसम्म मनाउने उधौली चाड किरात राई सोसाइटी अफ अमेरिका टेक्सासकाे आयोजनामा पहिलो पल्ट मनाएको हो ।

टेक्सासमा बसोबास गरिरहेको भुपाल किराती र प्रदीप राईको पहलमा आयोजना गरिएको कार्यक्रममा साकेला शिलीको नछुङको काम दिलीप राईले गरेका थिए ।

साकेला शिली सहभागी सम्झना राईले ९ वर्षपछि अमेरिकामा नाच्न पाउँदा खुसी लागेको बताइन् । उनले भनिन्,‘ म ९ वर्षपछि साकेला शिलि नाचिरहेको छु, एकदमै खुसी लागेको छ, अमेरिका आएपछि साकेला शिली नाच्न पाइएको थिएन् ।’

साकेला उधौली नेपालमा किराती समुदायको सघन बसोबासको क्षेत्र प्रदेश नं. १ सहित काठमाडौँ उपत्यका र किराती समुदाय रहेको देशकै विभिन्न भूभाग तथा विदेशमा १५ दिनसम्म मनाउने गर्दछन् । भने वर्षमा उभौली र उधौली गरि दुई पटक मनाउने गर्दछन् ।


सङ्घीय राजधानी काठमाडौँको टुँडिखेलमा यही पुस २१ गते मनाउँदै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७