मेस्सीले गरे नयाँ सम्झाैता, अब २०२१ सम्म बार्सिलोनामै रहने


९ मंसिर २०७४, शनिबार
messi 3

काठमाडौं : बार्सिलोनाका फवार्ड लिओनल मेस्सीले नयाँ सम्झौता गरेका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेस्सीले २०२०÷२१ सिजनसम्म बार्सिलोनामै रहने गरी नयाँ सम्झौता गरेका हुन् ।  जसमा बाइआउट क्लज ७०० मिलियन युरो राखिएको छ ।messi 3

३० वर्षीय अर्जेन्टिनी स्टारको मेस्सी क्लबका लागि ८ स्पेनिस लिग उपाधि दिलाउनुका साथै चार पटक च्याम्पियन्स लिगको ट्रफी उचालेका छन् ।
शुक्रबार मात्र चौथो युरोपियन गोल्डेन बुट जितेका उनले बार्सिलोनाका लागि ६०२ खेल खेल्दै ५२३ गोल गरेका छन् । मेस्सीले स्पोर्टिङका बास दोस्त (३४) र बोरुसिया डर्टमन्डका पियर एम्रिक अबामेयाङ (३१) लाई पछि पार्दै २०१६-१७ सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
उनको पूर्व सम्झौता अर्को वर्ष सकिँदै थियो । बार्सिलोनाले जुलाइमा नै मेस्सी नयाँ सम्झौताका लागि सहमत भएको दाबी गरेको थियो । तर, सम्झौतामा हस्ताक्षर भएको थिएन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७