मजदुर नेता भीमज्वाला राईले धरानमा कुन अशोक राई भनेपछि…
धरान : नेकपा (एमाले) सुनसरी जिल्ला कमिटी सदस्य तथा मजदुर नेता भीमज्वाला राईले सुनसरी क्षेत्र नं.१ बाट उम्मेदवार बनेका अशोक राईलाई को अशोक राई ? कुन अशोक राई भनी प्रश्न गरेका छन् ।
वाम गठबन्धनको धरान १५ स्थित पिण्डेश्वरी चोकमा आयोजित चुनावी सभामा बोल्दै भीमज्वाला राईले अशोक राई विभिन्न अवसरवादी रुपहरुका बारेमा प्रस्ट बताउँदै काग्रेस र सङ्घीय समाजवादी फोरमका उमेद्वार अशोक राईबारे अनभिज्ञता प्रकट गरेका हुन् ।
राईले भने,‘एउटा अशोक राई उहिले एमालेमा थिए मन्त्री पनि भए, एउटा अशोक राई माले भन्ने पार्टीमा थिए, अर्का अशोक राईले पहिचानको कुरा गर्दै सङ्घीय समाजवादी पार्टी, त्यसपछि समाजवादी फोरम कुन चाही अशोक राई हुन् ? उनले प्रश्न गरे ।
उनले खोटाङका जनताले तिरस्कार गरेका, उदयपुरका जनताले अस्वीकार गरेका र जातीय सेन्टीमेन्ट बोकेर हिडेका तिनै अशोक राईलाई धराने जनताले अस्वीकार गने बताए ।
किरात राईहरुको साझा संस्था किरात राई योयोक्खाले पूर्वाञ्चलका सिरहा र सप्तरी बाहेक १४ जिल्लालाई समेटेर किरात राज्य बनाउनु पर्ने प्रस्ताव गरिरहदा सोही अनुरूप नेकपा एमाले र माओवादी केन्द्रले तिनै १४ जिल्लालाई प्रदेशको सिमांकन बनाउँदै संविधानमा सोही अनुरूप व्यवस्था गर्दा संविधान जलाउने अशोक राईहरु आज धरानका राईहरुलाई मूर्ख सम्झीएर भोट माग्न आएको राईले आरोप लगाए ।
प्रतिनिधिसभाका सुनसरी क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट जयकुमार राई, प्रदेश सभा (क) का उमेद्वार प्रदिप भण्डारी र प्रदेशसभा (ख) का उमेद्वार भीम आचार्य प्रतिस्पर्धामा छन् ।
कार्यक्रममा माओवादी केन्द्रका दिलवहादुर रामदाम र एमाले सुनसरी सदस्य मञ्जु भण्डारीले समेत बाेलेका थिए ।