‘ससुराल सिमरन’ की दीपिका कक्करलाई १२ औं बिग वोसको उपाधि


१६ पुष २०७५, सोमबार

काठमाडौं, १६ पुस । हिन्दी टेलिसिरियल ‘ससुराल सिमरन’ बाट सिने जगतमा उचाइ बनाएकी दीपिका कक्करले ‘बिग वोस’ को १२ औं संस्करणको उपाधि जितेकी छन् ।

dipika 2

ट्रफीसँगै उनले ३० लाख भारू नगद हात पारेकी छन् । पूर्व राष्ट्रिय क्रिकेट टोलीका बलर श्रीशांतले दोस्रो स्थान हात पारेका छन् । शनिवार राति अबेर भएको फाइनलमा दुवैलाई ‘ट्रफी कसले जित्नु पर्छ’ भन्ने प्रश्न सोधिएको थियो । दीपिकाले आफूले नै जित्नुपर्ने बताएकी थिइन् भने श्रीशांतले भने दीपिकालाई संकेत गरेका थिए ।

उपाधिको लागि अन्तिम ३ मा पुगेका अर्का प्रतिष्पर्धी दीपक ठाकुरले सेफ ल्याण्डिङ खोज्दै २० लाख रकम लिएर ट्रफीको रेसबाट बाहिरिए । २० लाख वा ट्रफीको रेसमध्येबाट २० लाख रकम छनोट गरेका दीपकले बहिनीको विवाहको लागि यस्तो निर्णय गरेको बताए । यो रकम विजेताले पाउने ५० लाखबाट ४० प्रतिशत काटेर दिइएको हो ।

bigg boss 12 finale deepika wins the show

दर्शक भोटिङमा दीपकले सर्वाधिक कम भोट पाएको जनाइएको छ । सलमान खानले होस्ट गरेको फिनालेमा प्रतियोगी, निर्देशक रोहित सेट्टी, भारती सिंहलगायतले मनोरंजन दिएका थिए । प्रतियोगितामा ओर्जिनल र वाइल्ड कार्डमार्फत २० जना प्रतिष्पर्धी छानिएका थिए । उनीहरुमध्ये टप ५ प्रतिष्पर्धीले १ सय ५ दिने यात्रा तय गरेका थिए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७